१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ असार १ मंगलबार १६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बजेट प्रस्तुत गर्दै मन्त्री चौधरीले भने– पहिले बाँचौँ, पछि पूर्वाधार बनाउँला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार १ मंगलबार १६:४९:oo

लुम्बिनी प्रदेशको बजेट भाषण प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेटमा स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको बताए । उनले सडक पूर्वाधार, नहर बनाउँदै गरौँला, स्वास्थ्य उपचारलाई ठीक बनाई पहिले बाँचौँ भन्ने मान्यतालाई आत्मसात् गरेर कार्यक्रमहरू बजेटमा ल्याएको बताए । 

कोभिड– १९ को नियन्त्रण र स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच बढाउने, कृषि क्षेत्रको सुधार गरी प्रदेश अर्थतन्त्रमा कृषि क्षेत्रकोे योगदान बढाउने बजेट वक्तव्यमा उल्लेख छ । 

रोजगारीको सिर्जना गर्ने, अधुरो योजना यथाशीघ्र पूरा गर्ने, प्रदेशलाई लगानीको हबको रूपमा विकास गर्दै जाने, प्रदेशवासीलाई कुनै न कुनै आर्थिक क्रियाकलापमा सहभागी गराउने वातावरण सिर्जना गर्नेलगायतको उद्देश्य प्रदेश सरकारले राखेको मन्त्री चौधरीले बताए । 

चुनढुंगा खानीलगायतका आम्दानीका स्रोतहरूलाई पहिचान गरि प्रदेशको समृद्धिको आधार बनाउने बजेटमा उल्लेख छ ।
 

ad
ad
ad
ad