१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o९:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सार्वजनिक वित्तीय व्यवस्थापनका तीनै प्रणाली एक ठाउँमा जोडिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:३३:oo

सरकारको सम्पूर्ण वित्तीय व्यवस्थापन एउटै प्रणालीमा जोडिएको छ । तीनै तहका सरकारी निकायले गर्ने खर्च र आम्दानीको व्यवस्थापन एउटै प्रणालीमा जोडिएको हो । अब सरकारको आम्दानी र खर्चको यथार्थ जानकारी वास्तविक समय (रियल टाइम)मा हेर्न सकिन्छ । 

सरकारी बजेट तथा लेखा प्रणालीमा सम्बन्धित तीनवटा प्रणालीलाई जोडेर स्वचालित र एकीकृत बनाइएको छ । बजेट सूचना प्रणाली (एलएमबिआइएस), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखा  प्रणाली (सिग्यास)लाई जोडिएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए ।   

एलएमबिआइएसमा मन्त्रालयगत बजेट विवरण हुन्छ । कुन मन्त्रालय, विभाग वा निकायले ? के कामका लागि ? कति रकम ? कहिले खर्च गर्ने भन्नेलगायत विवरण एलएमबिआइएसमा समाविष्ट गरिएको हुन्छ । अब बजेट अख्तियारीदेखि खर्चसम्मको सम्पूर्ण विवरण एउटै प्रणालीमा हेर्न सकिने भएको हो ।

‘तीनवटा प्रणालीहरू छुट्टाछुट्टै चलिरहेका थिए, आवश्यक विवरणहरू तथा सूचनाहरू कागजी रूपमा आदान–प्रदान हुँदै आएका थिए,’ उनले भने, ‘अब तीनै प्रणाली एक ठाउँमा जोडिएका छन्, अब एलएमबिआइएसमा केही परिवर्तन आयो भने त्यो टिएसए र सिग्यासमा पनि देखिन्छ ।’ यसबाट समय र लागत घट्ने, कागजी काम कम हुने, रिपोर्टिङ छिटो र सजिलो हुने, पारदर्शिता बढ्नेलगायत विभिन्न लाभ मिल्ने उनले बताए । 

सरकारको खर्च र प्राप्तिको प्रणालीलाई एकै ठाउँमा जोड्ने कामको परीक्षण सफल भएको उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले बताए । यसलाई सरकारी लेखा प्रणालीमा एउटा महत्वपूर्ण ‘डिपार्चर’का रूपमा लिनुपर्ने उनको भनाइ छ । ‘अर्थ मन्त्रालयको प्रणाली (एलएमबिआइएस) र महालेखा नियन्त्रकको कार्यालयको प्रणाली (टिएसए) र देशभरि रहेका तीनै तहका ५२ सय सरकारी कार्यालयले चलाउने प्रणाली (सिग्यास) आपसमा जोडिएका छन्, उनले भने । 

ad
ad