१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश सभा विघटन गर्न लागिएको भन्दै गण्डकीका बहुमत सांसद प्रदेश प्रमुख कार्यालयअगाडि धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:५o:oo

बहुमत सांसदको समर्थन रहेका कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्री नबनाई प्रदेश सभा विघटन गर्न लागिएको भन्दै सांसदहरू प्रदेश प्रमुखको कार्यालयअगाडि धर्नामा बसेका छन् ।

विश्वासको मत लिन असफल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्रीमा पुनः दाबी गरेपछि बहुमत सांसद धर्नामा बसेका हुन् । 

विश्वासको मत पाउन असफल मुख्यमन्त्री गुरुङले केन्द्रको सिको गर्दै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । 

राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भन्दै दलको पत्रसहित पुनः आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न भन्दै उनले दाबी गरेका हुन् । दुवैको दाबी नपुग्ने भन्दै केन्द्रको जस्तै गण्डकी प्रदेश सभा पनि प्रदेश प्रमुखले भंग गर्न सक्ने सांसदहरूको आशंका छ । 

कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्दै आवश्यक ३१ सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेका छन् । 

पोखरेलले दाबीसँगै आफूलाई समर्थन गरेका ३१ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई प्रदेश प्रमुखकै सामुन्ने सनाखतसमेत गरेका थिए ।

६० सदस्य प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद छन् ।

ad
ad