मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७८ जेठ २७ बिहीबार १५:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तिन दिनदेखि अबरुद्ध कर्णाली प्रदेशसभाको बैठक सुचारु

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७८ जेठ २७ बिहीबार १५:४१:००

तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक आजबाट सुचारु हुने भएको छ । सर्वदलीय बैठकको सहमति अनुसार प्रदेशसभाको बैठक सुचारु हुने भएको हो । 

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा दलहरुबीच विवादित मन्त्री अम्मर थापाको मुद्धाको टुंगोे नलागुन्जेलसम्म संसदमा उपस्थित नहुने सहमति भएपछि सुचारु हुने भएको छ । 

प्रदेशसभाको आठौं अधिवेशनको पहिलो वैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको थियो ।

मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।