१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १३:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्ने काम स्वीकार्य छैन : कांग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:२८:oo

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले  क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानहरूको स्वायत्ततामा गरेको अतिक्रमणको नियत अस्वीकार्य हुने चेतावनी दिएका छन् ।  बुधबार विज्ञप्ति जारी गर्दै  सरकारले ल्याएको बजेटमा क्यान्सर संस्थानको अवधारणा मार्फत तीनवटा स्थापित क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्ने नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए । 

क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहित र बढावा दिन जरुरी रहेको भन्दै त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठानहरु हाम्रो भरपर्दो आधार भएको बताए ।

०४६ सालपछि नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरू देशमा बनेको उनको जिकिर छ ।

समयानुकूल तिनको क्षमता विस्तार गर्ने र तीमार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको र  त्यसका लागि सक्षम प्रतिष्ठानहरूलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र सशक्तीकरण गर्ने योजना उपयुक्त हुन सक्नेमा जोड दिएका छन् । तर,  त्यसो नगरी अलग्गै विवादास्पद संरचनामातहत ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु गलत भएको उनको ठहर छ । 

भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई संस्थानमातहतमा ल्याउने भनेर गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकारवालाहरूसँग  कुनै छलफल नगरी बजेटमा उल्लेख हुनुले सरकारको नियतलाई प्रस्ट पारेको बताए । उनले विज्ञप्तिमा भनेका छन्, ‘गम्भीर विमर्शपश्चात् मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील विषयलाई हाल यथास्थितिमा राख्न नेपाली कांग्रेस काम चलाउ सरकारलाई चेतावनी दिन चाहन्छ ।

ad
ad