१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाजुराको कोल्टी–मार्तडी सडक खण्डमा यात्रुलाई सास्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:१९:oo

बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टी जोड्ने सडक खण्डमा यात्रुले सास्ती खेप्न बाध्य भएका छन् । बाजुराको पर्खे लेकको हिलाम्य सडक खण्डमा जोखिम मोल्दै यात्रा गर्न बाध्य भएका हुन् ।

दैनिक १०देखि २० वटा यात्रु बस मालवाहक टिपर, ट्रयाक्टहरू यो  सडक खण्डमा ओहाेरदोहाेर गर्छन् । मालवाहक टिपर, ट्रयाक्ट यात्रुबस हिलाम्य सडक खण्डमा कठिनपूर्ण यात्रा गर्न बाध्य भएको गाडीका चालकहरूकाे गुनासो छ  ।  

मार्तडीदेखि बिहान ७ बजे हिँडेको गाडी पर्खे लेकमा तीन घन्टा हिलोमा पसेपछि सास्ती भएको गाडीका चालक मंगल शाहीले जानकारी दिए । मार्तडीदेखि पाँच घन्टामा कोल्टी पुग्थ्याैँ सडक राम्रो नहुँदा पाँच घन्टा लेकमै अल्झिएको उनले बताए  ।

बोलेरो जिप हिलोमा फसेपछि ट्रयाक्टबाट तानेर बल्लतल्ल निकाल्न सफल भएको चालक शाहीको भनाइ छ । मार्तडी बजारदेखि कोल्टी पुग्न गाडी सात घन्टा लागेको यात्रुहरूले दुखेसो गरेका छन् । ट्रयाक्टले बोलेरो जिप हिलोबाट तानेको दुई हजार तिरेको गाडीका सञ्चालक नवराज जैसीले बताए । 

हिलाम्य सडकमा सास्ती भोग्दै कोल्टी पुगेको अर्को गाडीका चालक दानबहादुर शाहीले दुःख पोखे । कालिकोट जिते खण्डदेखि बाजुराको पिलुचौरसम्म खण्ड सडक धेरै राम्रो छ । मार्तडी जोड्ने सडक खण्डकाे यात्रा कठिन भएको शाहीले बताए । उक्त सडक खण्ड राम्रो नहुँदा हिलाम्य सडकमा ओहाेरदोहाेर गर्न बाध्य भएका छन् । 


 

ad
ad