१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार ११:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जर्मनीले पठायो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:o६:oo

जर्मनीले नेपाललाई भेन्टिलेटरसहित आपत्कालीन अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । जर्मनीको सामान लिएर विशेष चार्टर विमान आज बिहान आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रअन्तर्गत जर्मन सरकारले ६२ थान भेन्टिलेटर, २७ हजार ५ सय थान एफएफपिटु मास्क, ३० हजार थान सर्जिकल मास्क, १०० वटा गम बुट, २०० वटा बडिब्याग, पाँचवटा आइसोलेसन सेन्टरलाई पुग्ने टेन्ट र डिस्इन्फेक्टेन्ट झोल २५ हजार लिटर उपलब्ध गराएको हो ।

थप सामानहरू अर्को जहाजबाट आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वास्थ्य सामग्री सहयोगप्रति स्वास्थ्यमन्त्री तामाङले जर्मन सरकारलाई धन्यवाद दिएका छन् । 

 

ad
ad