१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस काठमाडौँ
२o८१ बैशाख ३१ सोमबार १o:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो, खाद्यान्न पसल सञ्चालन गर्न पाइने

Read Time : > 2 मिनेट
रासस काठमाडौँ
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३१ सोमबार १o:२७:oo

उपत्यकामा जारी निषेधाज्ञा आजदेखि  केही खुकुलो पारिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीकाे बुधबारको बैठकले शुक्रबारदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।  

जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो । यसपटक उद्योगलाई पनि आवासीय रूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ ।    

निषेधाज्ञाकाे समयमा गर्न पाइने गतिविधि  

यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीय रूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिनेछ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने, तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्नेछ ।  

निषेधाज्ञाका वेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन मात्रै सञ्चालन हुनेछ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइनेछ ।  

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरेनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीका सवारी साधनमा ब्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईवटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्नेछ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइनेछ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सीधै विमानस्थल जाने सवारीसाधनको हकमा सहजीकरण गरिनेछ । घरमै विवाह, व्रतबन्ध गर्दा सातजना मात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ ।

भिडभाड नहुने गरी नित्यपूजाका गतिविधि मात्रै गर्न पाइनेछ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।  

बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा उपत्यकाभित्र दुईजना हिँड्न पाइने, तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्नेछ ।

सुरक्षागार्डले पोसाक र परिचयपत्रका आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउनेछन् । सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ ।     
     
निषेधाज्ञाकाे समयमा गर्न नपाइने गतिविधि  

अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । उक्त अवधिमा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागिबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउनेछैन ।  

सार्वजनिक एवं निजी सवारीसाधन पनि सञ्चालन गर्न पाइनेछैन । थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह, व्रतबन्धजस्ता कार्य होटेल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ ।

फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी संकलनमा रोक लगाइएको छ । आदेश पालना नगरेमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।    
 

ad
ad