१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिमालयन रि–इन्स्योरेन्सलाई  सञ्चालन अनुमति

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:३७:oo

बिमा समितिले नयाँ पुनर्बिमा कम्पनीलाई  लाइसेन्स दिने निर्णय गरेको छ । बिमा समितिले गठन गरेको मूल्यांकन समितिको सिफारिसका आधारमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स प्रदान गर्ने निर्णय गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उनका अनुसार कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएपछि लाइसेन्सको अन्तिम स्वीकृति दिइनेछ । आगामी ६ महिनाभित्रमा कम्पनी सञ्चालनमा ल्याउनुपर्नेछ । 

निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईंकै कार्यकालमा समितिमा चार पुनर्बिमा कम्पनीले निवेदन दिएका थिए । तर, समितिले पुनः निवेदन माग्दा आवेदन दिएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमति दिएको हो । समितिले १६ वैशाखमा सूचना जारी गर्दै पुनर्बिमा कम्पनी सञ्चालनका लागि आवेदनको माग गरेको थियो । सोअनुसार ६ जेठमा पाँचवटा कम्पनीले आवेदन दिएका थिए ।  

समितिमा दर्ता भएर पनि लाइसेन्स नपाएका कम्पनी 
बिमा समितिका निवर्तमान अध्यक्ष चापागाईंकै पालामा दर्ता भएर पनि चारवटा पुनर्बिमा कम्पनीले अनुमति पाउन सकेनन् । नेपालमा एउटा मात्रै पुनर्बिमा कम्पनी हुँदा व्यवसायमा प्रतिस्पर्धा नभएको भन्दै पूर्वअर्थमन्त्री युवराज खतिवडाले नयाँ कम्पनी दर्ता गर्न सकिने बताएका थिए । सोहीअनुरूप चारवटा कम्पनी पाइपलाइनमा थिए ।  

महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, पूर्वबैंकर देवेन्द्रप्रताप शाहको सहभागितामा काठमाडाैँ रि–इन्स्योरेन्स कम्पनी बिमा समितिमा सञ्चालनको अनुमति माग्दै प्रस्ताव पेस गरेको थियो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रहेको छ । त्यस्तै, व्यवसायी घरानाको लगानीबाट पनि प्रुडेन्सियल रि–इन्स्योरेन्स कम्पनीका समितिमा दर्ता भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, विशाल ग्रुप, साहिल अग्रवालसहितको लगानीमा कम्पनी सञ्चालनको तयारीमा थियो ।

त्यस्तै, गैरआवासी नेपाली वीरेन्द्र महतोसहितको लगानीमा अन्नपूर्ण रि–इन्स्योरेन्स कम्पनीले पनि समितिमा प्रस्ताव दर्ता गरेको थियो । बिमा समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्कीसहितको लगानीमा जेन्युन रि–इन्स्योेरेन्स कम्पनीले पनि प्रतिस्पर्धामा सहभागिता जनाएको थियो । काठमाडांैबाहेक अन्य सबै रि–इन्स्योरेन्सको चुक्ता पुँजी १० अर्ब रहेको थियो ।

नयाँ पुनर्बिमा कम्पनीमा ठूला व्यवसायीको लगानी

हिमालयन रि–इन्स्योरेन्समा जगदम्बा ग्रुपका सुलभ अग्रवाल, दुगड समूह, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, संघका पूर्वअध्यक्ष पशुपति मुरारकालगायतको मुख्य लगानी रहेको छ । त्यस्तै, कम्पनीमा राष्ट्रिय वाणिज्य बैंंक र नेपाल बैंकको ५०–५० करोड लगानी छ । समितिले प्रस्तावित पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब तथा क्रस होल्डिड नभएकालाई सञ्चालन अनुमति दिने मापदण्ड बनाएको थियो ।

त्यस्तै, कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक र ३० प्रतिशत सेयर पब्लिकका लागि विभाजन गर्नुपर्ने व्यवस्था गरिएको थियो । प्रस्तावित कम्पनीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी १५ अर्ब रहेको आफ्नो कम्पनीले लाइसेन्स नपाउनु अनौठो लागेको काठमाडाैँ रि–इन्स्योरेन्सका सञ्चालक रमेशकुमार भट्टराईले बताए । 

ad
ad