मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ८ शनिबार १८:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख भन्छन्– राजनीतिक संघर्षको भावना एवं सर्वोच्चको फैसलाविपरीत प्रतिनिधिसभा विघटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ८ शनिबार १८:२५:००

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाविपरीत प्रतिनिधिसभा विघटन भएको सापकोटाको ठहर छ । 

सापकोटाले शनिबार वक्तव्य जारी गरी राष्ट्रिय हित, संवैधानिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू, सांसदहरू, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्षलाई एकजुट हुन अपिल गरेका छन् । नयाँ राजनीतिक संकटले मुलुकको प्राथमिकता बदलिने र महामारीबाट नागरिकको जीवन थप जोखिममा पर्ने खतरा बढाउने सापकोटाको भनाइ छ । मुलुक र जनतालाई थप आर्थिक भार पर्ने अवस्था पनि सिर्जना हुने उनले बताएका छन् ।