१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौंं
Invalid date format १८:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालबालिकाका लागि विशेष वार्ड र आइसियूको व्यवस्था गर्न कांग्रेस सभापति देउवाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
Invalid date format १८:४८:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले सातवटै प्रदेशस्तरमा बालबालिकाका लागि विशेष वार्ड र आइसियूको व्यवस्था गर्न माग गरेका छन् । देउवाले केही महिनामै कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेकाले त्यसबाट जोगाउन आवश्यक तयारीका लागि आग्रह गरेका हुन् ।

‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन् । म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरूमा विशेष वार्ड, आइसियूलगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ देउवाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

कांग्रेसले कोभिड संक्रमितको उपचारका लागि आफ्ना भवन उपलब्ध गराउने

कोभिड– १९ बाट संक्रमितहरूले बेड नपाएर मृत्युवरण गरिरहनुपरेको भन्दै कांग्रेसले देशैभरि रहेका आफ्ना कार्यालय भवनहरू प्रयोग गर्न आग्रह गरेको छ । कांग्रेसका ४० भन्दा बढी जिल्लाका सभापतिहरू सम्मिलित भर्चुअल संवादबाट जिल्ला सभापतिहरूले आफ्ना कार्यालयका भवनहरू कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर उपलब्ध गराउने निर्णय गरेको हो ।

‘संक्रमितले अस्पतालमा बेड पाएका छैनन्, चिकित्सकले घरघरै गएर उपचार गर्ने सम्भव छैन,’ कांग्रेस झापाका सभापति उद्धव थापाले भने, ‘बिरामी घरमा उपचार नपाएर छटपटाएर मर्नुपर्ने अवस्था हेरेर बस्न सकिँदैन, बरु हाम्रा पार्टी कार्यालयहरू प्रयोग गरियोस्, आइसोलेसन सेन्टर बनाइयोस् र संक्रमितको उपचारको व्यवस्था मिलाइयोस् ।’ थापाले झापाका पार्टीका कार्यालयहरू स्थानीय तहलाई आवश्यकताअनुसार प्रयोग गर्न सक्ने गरी हस्तान्तरण गरिरहेको बताए । 

जिल्ला सभापतिहरूले सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि काम गर्न नसकेको भन्दै कांग्रेसले त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने माग गरेका छन् । यस्तै, कांग्रेसका तर्फबाट छुट्टै कोष खडा गरी संक्रमितको उपचार र राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।