१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेको उकालो यात्रा कायमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४९:oo

हाइड्रोपावर र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा नयाँ कीर्तिमान

नेप्सेको उकालो यात्रा कायम रहेको छ । उकालो यात्रा कायमसँगै सोमबार नेप्से परिसूचक २० दशमलव ७१ अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २२ बिन्दुमा पुुग्दै नयाँ रेकर्ड स्थापित गरेको हो ।

सोमबार नेप्सेसँगै कारोबार रकममा पनि बढेको छ । जेठ–असारको महिनालाई लगानीकर्ता सेयर बजारको मुख्य सिजन मान्ने गर्छन् । बजारले यस महिनादेखि नै ग्रिन सिग्नल भने देखाएको विश्लेषक विष्णु बस्यालको दाबी छ । उनले भने, ‘बजार बुुलिस ट्रेन्डमा रहेको छ, करेक्सन दबाब नहुुँदा बजार एकगतिमा जाने संकेत हो ।’
त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४५ अंकले बढेर ४ सय ९२ दशमलव ५८ बिन्दुमा पुुगेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहको सूचकमध्ये १० समूहको सूचक सकारात्मक रहेको छ भने २ समूहको सूचक नकारात्मक रहेको छ । हाइड्रोपावर समूहमा सबैभन्दा धेरै लगानीकर्ता आकर्षित हुन पुुगेका छन् । हाइड्रोपावर समूहको २ दशमलव ५२ प्रतिशतले बढेको हो ।

रुरु जलविद्युत् परियोजना, राधी विद्युत् कम्पनी, प्रोगे्रसिभ फाइनान्स, वरुण हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रो, नेपाल फाइनान्स, रिडी हाइड्रो, खानी खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक नाफा आर्जन गरेका छन् । यी कम्पनीको करिब १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, समता घरेलुु लघुुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर पनि सर्किट मूल्यमा कारोबार भएका छन् । 

सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता–इकाइ सेयर किनबेच हुुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ६६ करोड १ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा नेपाल दूूरसञ्चार कम्पनीको ४२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको ३१ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै गुमाउने विशाल बजार कम्पनी, इन्भेष्टमेन्ट बैंक, ज्योति विकास बैंकका लगानीकर्ता रहेका छन् । 
 

ad
ad