१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणकाजी श्रेष्ठ भन्छन्– कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:३९:oo

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक रहेको बताएका छन् । पत्रकारसँग सोमबार कुरा गर्दै श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिस्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक रहेको बताएका हुन् । 

विगतमा एमाले र माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रूपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरे पनि देशी–विदेशी शक्तिहरूको योजनामा पार्टी फुटाइएको श्रेष्ठको भनाइ छ । पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टीपंक्तिमा पु¥याउन नसक्नु पनि कमजोरी भएको उनले बताए । 

कम्युनिस्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ । उनले भने, ‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ । पार्टी एकता एकचोटि विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर र इमानदार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पु¥यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिस्टहरूको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ । अब हामीले फेरि कम्युनिस्टहरूलाई कसरी एकताबद्ध गर्ने ? तर, वैचारिक राजनीतिक कार्यदिशालाई सही ढंगले प्रस्ट पारेर, सांस्कृतिक रूपान्तरणको अभियान पनि कम्युनिस्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’

श्रेष्ठले पहिले आफ्नो पार्टीलाई नै रूपान्तरण गर्नुपर्ने अवस्था रहेको पनि औँल्याए । विगतमा पार्टी एकता गर्नु गल्ती तथा कमी–कमजोरी नभए पनि समयमै विभिन्न विषयमा ध्यान दिन नसक्नु कमजोरी भएको र कमजोरी सच्याउन खोज्दा पार्टी विभाजन गरिएको उनको भनाइ छ । उनले भने, ‘कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको छ । तर, हामी हिम्मत हार्दैनौँ । कम्युनिस्टहरूले हिम्मत हार्नुहुँदैन । हामीले बाह्य शक्तिहरूको हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिस्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने, तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रस्टता हासिल गर्ने ।’

माओवादी केन्द्रले आफूलाई सांस्कृतिक रूपान्तरण गर्दै कम्युनिस्ट, क्रान्तिकारीहरूसँग एकता गर्ने र अन्य लोकतान्त्रिक, देशभक्त शक्तिहरूसँग पनि संयुक्त मोर्चा गरेर अघि बढ्नेबारे सोचेको श्रेष्ठले बताए ।
 

ad
ad