१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १७:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्छौँ : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:१७:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीको सरकारविरुद्ध वैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली पुन: प्रधानमन्त्री बनेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताए ।   

उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने  र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गरे । सरकार गठनमा नेकपा एमालेको नेपाल–खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले अहिले नै धोका भयो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिए । 

उनले भने, ‘चुनौतीपूर्ण पनि छ, सम्भावना पनि छ । हामी आफ्नो ढंगले अघि बढ्छौँ । संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ । जनताको राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा हामी निरन्तर संघर्षमा हुन्छाैँ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दै छौँ । उहाँहरूभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनुभएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरू सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु ।’

उनले  असंवैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने बताए । उनले भने, ‘संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधानविरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो ।  संविधानअनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ ।’


 
 

ad
ad