१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १o:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अस्वस्थ राजनीतिक खेल छोडेर राष्ट्रको मिसन कोभिड– १९ लाई बनाउनुपर्छ : योगेश भट्टराई 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:३९:oo

नेकपा एमालेका नेता योगेश भट्टराईले राष्ट्रको मिसन कोभिड– १९ लाई बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले हरेक दिन बिरामीहरूको अकाल मृत्यु र उनीहरूका परिवारको चीत्कारका समाचारले लाचार बनाएको भन्दै देश संकटतिर गएको बताए ।

उनले सरकारले सार्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वको रूपमा लिएर पर्याप्त काम नगरेका कारण आज यो विस्फाेट बन्न गएको बताए । 

बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले सबैलाई लज्जित नभएको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा भइरहेका अस्वस्थ राजनीतिक खेलले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्न सक्ने भन्दै सरकारको  ध्यानाकर्षण गराएका छन् ।  

 ध्यानाकर्षण 

१. अहिले तुलनात्मक रूपमा चीनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटलीलगायतका युरोपेली मुलुकमा चीनले स्वास्थ्य सामग्री र जनशक्तिसहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चीन सरकारलाई अनुरोध गर्नुपर्दछ । र, भारतलगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनुपर्दछ ।  


२. २०७२ को महाभूकम्पपछि जसरी राजनीतिक विमतिहरूलाई थाती रखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बीचमा  १६बुँदे सहमति गरी संविधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो, त्यसरी नै कोभिडविरुद्धको लडाइँमा फेरि एकपटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नुपर्दछ । राष्ट्रको मिसन कोभिड– १९ लाई बनाउनुपर्दछ ।  

३. सम्पूर्ण जनशक्तिलाई कोभिडविरुद्धको लडाइँमा केन्द्रित गर्ने र छिटो प्रक्रियाबाट थप जनशक्ति भर्ना गर्ने ।  


४. आर्थिक अभाव हुन नदिने । अन्य शीर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिडविरुद्धको लडाइँमा खटेको जनशक्तिबाहेक राज्यबाट पारिश्रमिक लिने अरू सबैको सुविधा हाललाई स्थगित राख्ने ।

ad
ad