१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शरीरमा अक्सिजन लेभल कसरी बढाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:o४:oo

प्रा.डा. सञ्जीवकुमार शर्मा, मुटु तथा मिर्गौला रोग विशेषज्ञ बिपी प्रतिष्ठान धरान

पछिल्लो समय जटिल खालका कोभिड संक्रमितहरू बढ्दै गएका छन् । काठमाडौंका केही अस्पतालले त बेड तथा अक्सिजन अभाव भएको भन्दै सूचना प्रकाशित गरेर उपचार नै गर्न नसक्ने जानकारी दिन थालेका छन् । काठमाडौं मात्रै होइन, देशभरकै अस्पतालका आइसियू र अक्सिजन बेड अभाव हुन थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सय बेडको कोभिड अस्पताल मंगलबारदेखि भरिएको छ । यस्तो अवस्थामा कम जोखिम भएका बिरामीले घरमै बसेर पनि उपचार गर्न सक्छन् । यस्ता विधि अपनाए तत्काल आइसियु बेड चाहिने जटिल अवस्थालाई केही हदसम्म टार्न सकिन्छ । 

अक्सिजन लेभल थाहा पाइराख्ने 
अक्सिजनको मात्र कम भए नभएको जानकारी दिने अक्सिपल अक्सोमिटर भन्ने औँलामा च्याप्ने मेसिन हुन्छ । यो मेसिनले अक्सिजनको मात्रा देखाउँछ । कोभिड संक्रमितमा ९५ भन्दा कम देखायो भने अक्सिजनको मात्रा कम भएको मानिन्छ । तर, उपचार नै गर्नुपर्ने अवस्था भने ९२ भन्दा कम भएपछि मानिन्छ । यस्तो अवस्थामा बिरामीको उपचार सुरु गर्नुपर्ने हुन्छ ।

अक्सिजनको मात्र बढाउने औषधि
यदि अक्सिजनको मात्रा ९२ भन्दा तल भएको छ र बेड नपाएर अस्पताल जान पाइएन भने डेक्सामिटासुन ६ एमजीको औषधि दिन सकिन्छ । ६ एमजीको ट्याब्लेट आउँदैन पोइन्ट ५ को ट्याब्लेट पाइन्छ । दिनको एउटाका दरले १२ वटा ट्याब्लेटसम्म खुवाउन सकिन्छ । यो औषधिले मधुमेहका बिरामीलाई असर गर्छ । यसले शरीरमा सुगरको मात्रा बढाउँछ । बोर्डरमा छ भने सुगर देखाउँछ । तर, सुगर कन्ट्रोल गर्न सकिन्छ ।

प्राउन पोसिजन
औषधि प्रयोग नगर्ने हो भने आधा घन्टा घोप्टो परेर सुतेर पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । आधा घन्टा दाहिनेतिर घोप्टो परेर सुत्ने आधा घन्टा देब्रेतिर घोप्टो परेर सुत्दा पनि अक्सिजनको मात्र बढाउन सकिन्छ । यसलाई योगको भाषामा ‘प्राउन पोसिजन’ भनिन्छ । 

अन्य विधि 
मेडिकल उपायबाहेक अरू उपायबाट पनि शरीरमा अक्सिजनको मात्रा बढाउन सकिन्छ । अक्सिजन बढाउन योगाभ्यासले ठूलो मद्दत गर्छ । लामोलामो श्वास लिएर छाड्ने अभ्यास गर्न सकिन्छ । यसले फोक्सोलाई तन्दुरुस्त राख्छ । बिहान–बेलुका कपालभाँती योगाभ्यासले फोक्सोलाई स्वास्थ्य राख्न मद्दत गर्छ । फोक्सोले राम्रो काम गर्नेबित्तिकै हामीलाई अक्सिजन कम हुँदैन् ।

सङ्क्रमितले अपनाउनु पर्ने सावधानी 
कोभिड सङ्क्रमण भइसकेको छ र घरमै बसेर सामाना गर्नुपर्ने अवस्था छ भने विशेष सावधानी अपनाउनुपर्छ । शरीरलाई आवश्यक पानी, झोलिलो खानेकुरा प्रशस्त खानुपर्छ । ज्वरो आएको छ भने कम गर्न पारासिटामोल औषधि खानुपर्छ । झाडापखाला लागेमा जीवनजल खानुपर्छ । धेरै जीउ दुखेमा कोडोमोल भन्ने औषधि सेवन गर्न सकिन्छ । 

(कुराकानीमा आधारित)

ad
ad