मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २८ मंगलबार ०९:४०:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कहाँ छ नेपाली सिनेमा ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २८ मंगलबार ०९:४०:००

‘कहाँ छ नेपाली सिनेमा ?’ पछिल्लो समय टड्कारो रूपमा उठेको प्रश्न हो यो । यही प्रश्नको जवाफको खोजीका लागि छलफल नभएका होइनन्, निचोड ननिस्किएका पनि होइनन् । तर, नेपाली सिनेमा जहाँको तहीँ रहिरह्यो । उही सूत्रबद्ध सिनेमाहरू बनिरहे । नेपाली समाज र नेपाली दर्शकभन्दा पर रहेर सिनेमाहरू हलमा पुगे । त्यसैको परिणति हो, हलमा प्रदर्शन भएका ९० प्रतिशत सिनेमा असफल भइदिनु । र, प्रायः सुनिन्छ, ‘नेपाली सिनेमालाई माया गरिदिनुस् ।’ 

यही विषयमा छलफल भयो, नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको अन्तिम दिन सोमबार । छलफलमा लेखक कृष्ण धरावासी, युग पाठक, पत्रकार बबिता बस्नेत र चलचित्र विकास बोर्डका सदस्य प्रकाश भट्टराई । सहजीकरण निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले गरेका थिए । 

भनिन्छ, सिनेमा समाजको ऐना हो । तर, कस्तो खालको ऐना ? लामाको सवाल थियो युग पाठकलाई । जवाफका लागि पाठक पञ्चायतकालीन समयमा पुगे । जतिवेला सिनेमा बनाउनुअघि स्क्रिप्ट पास गर्नुपथ्र्यो राजा महेन्द्रबाट । चाहे ‘आमा’ हुन् अथवा ‘हिजो, आज र भोलि’ सबै पञ्चायतको पक्षपोषणका खातिर बनेका थिए ऊवेला । प्रजातन्त्र पुनस्र्थापना भएपछि अत्यधिक मात्रामा सिनेमा त बने, तर ती सबै बलिउडले अपनाएको सूत्रमा आधारित बने । अहिले पनि त्यसैको धङधङीबाट बाहिर निस्कन सकेको छैन नेपाली सिनेमा । पाठकले भने, ‘पञ्चायतमा पञ्चायतले जस्तो चाहन्थ्यो, त्यस्तै सिनेमा बने । लोकतन्त्र आएपछि आदिवासी, दलित, महिलाका मुद्दालाई मूल मुद्दा बनाएर सिनेमा बने । त्यस हिसाबले सिनेमा समाजको ऐना हो, तर कस्तो खालको ऐना ?’ 

झनै लेखक धरावासी त ‘ऐना’लाई राम्रो भ्रम मान्छन् । जसले दुरुस्त त देखाउँछ, तर ठीक उल्टो देखाउँछ । त्यसकारण नेपाली सिनेमाले ‘समाजको ऐना’ बन्ने नाउँमा धेरै कुरा उल्टो देखाएको धरावासीको विश्लेषण छ । धरावासीले अहिलेसम्म जति नेपाली सिनेमा हेरे, त्यसबाट उनले बुझेको कुरा हो, पटकथा लेखनमा मिहिनेत नै छैन । उनै धरावासीको कथामा आधरित सिनेमा ‘झोला’ र ‘भोर’ बनेका थिए । साहित्यिक कृतिमाथि दर्जनौँ सिनेमा बनेका छन्, तर सन्तोषलाग्दो भने कुनै नबनेको धरावासीको भनाइ थियो । 

लेखक तथा पत्रकार बस्नेतले सिनेमा समाजको ऐना त हो, तर त्यो ऐना कसले हेर्छ त्यो ख्याल गर्नुपर्ने बताइन् । कसरी हेरिन्छ भन्दै गर्दा कसले हेर्छ, त्यता पनि ख्याल गर्नुपर्ने उनको तर्क थियो । चलचित्र विकास बोर्डका सदस्य भट्टराई पनि हाम्रा सिनेमा समाजको ऐना नहुनुमा हामीले नेपाली कथामाथि सिनेमै नबनाएको विश्लेषण गर्छन् । हामीले सिनेमा बनाए पनि विदेशी मसला र शैलीमै बनाएकाले दर्शकले गाली गर्न थालेको उनको आकलन छ ।