१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १५:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देउवाको दाबी– केपी ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:o२:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवाले केपी ओली सरकार विगत तीन वर्षमा असफल प्रमाणित भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘देश र जनताको हितमा काम गर्न उहाँलाई कसले, कहिले, कहाँ रोक्यो ? प्रतिपक्षको हिसाबले हामीले रचनात्मक र सहयोगी भूमिका निर्वाह ग¥यौँ । त्यसका लागि हामी आलोचित पनि भयौँ । आफू कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरूमाथि दोष थोपर्ने ? अरूमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ? यो सरकार गठनपछि विगत तीन वर्षको मूल्यांकन गर्दा केपी ओलीको सरकार पूर्ण रूपमा असफल भएको छ । म मान्य प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु– मानिस दुनियाँबाट भाग्न सक्दछ, आफैँबाट भाग्न सक्दैन ।’

देउवाले सरकारको नैतिक चरित्र उदांगो भएको बताए । उनले भने, ‘कमिसनका कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ । जनताको जीवनरक्षा गर्न औषधिमाथि पनि भ्रष्टचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा, जनताविरुद्धको अक्षम्य अपराध हो । जनताको जीवनरक्षा गर्नुपर्ने सरकार स्वयं खोप भ्रष्टाचारमा संलग्न हुनुले पनि यो सरकारको नैतिक चरित्र उदांगो भइसकेको छ ।’

ad
ad