१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २६ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख २६ आइतबार २o:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीसँग खनाल–नेपाल पक्षका सांसदले खोजे दुईबुँदे प्रतिबद्धता, सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २६ आइतबार २o:२९:oo

एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँत दुईबुँदे प्रतिबद्धताको माग अघि सारेका छन् । सिंहदरबारमा आइतबार बसेको खनाल–नेपाल पक्षका सांसदको बैठकले सर्वोच्चको फैसलाअनुसार २ जेठ ०७५ मा फर्कने र आगामी दिनमा पार्टीलाई सहमतिको आधारमा अगाडि बढाउने प्रतिबद्धता खोजेको हो । 

खनाल–नेपालका सांसदले ओलीलाई प्रतिबद्धता जनाउन सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका छन् । ‘सर्वोच्चको फैसलाअनुसार २ जेठ ०७५ मा फर्कने र आगामी दिनमा पार्टीलाई सहमतिको आधारमा अगाडि बढाउने प्रतिबद्धता खोजेका छौँ, यदि उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने हामी प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन्छौँ र विश्वासको मतको पक्षमा मतदान गर्छौँ । यदि त्यो स्थिति भएन, एउटा समूहलाई किनारा लगाउने, पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर, धाक, धम्की दिने, सत्ताको दुरुपयोग गर्नेजस्ता क्रियाकलाप निरन्तर भए भने हामीले भोलि जे निर्णय गर्नुपर्ने हो, त्यो निर्णय गर्छौँ,’ बैठकपछि नेता योगेश भट्टराईले भने । 

उनका अनुसार प्रतिनिधिसभाका सबै सदस्यलाई मंगलबार बिहान साढे ९ बजे संसद् सचिवालयमा बोलाइएको छ । भट्टराईले भने, ‘९ बजेसम्म अध्यक्षको प्रतिबद्धताको प्रतीक्षा गर्छौँ, त्यसपछि हामीले जुन निर्णय गर्नुपर्ने हो, कठोर निर्णय हामी गर्छौँ ।’ 

बैठकले अध्यक्ष ओलीको विज्ञप्ति पार्टीको एक पक्षलाई लाञ्छित गरेर जारी गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।