हुन्डाईद्वारा गण्डकी प्रदेश सरकारलाई सहयोग

आइतबार, २६ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी हुन्डाईले कोरियाको हुन्डाई मोटर कम्पनीको सौजन्यमा प्राप्त ५० लाख रुपैयाँबराबरको कोभिड–१९ उपचारका वेला चाहिने पिपिईलगायतका स्वास्थ्य सामग्रीहरू गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको छ । कम्पनीले हाल विश्वभरि फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाममा मद्दत गर्नका लागि सो स्वास्थ्य सामग्रीहरू प्रदान गरेको हो ।

यसको मूल उद्देश्य आवश्यकता परेका बिरामीलाई समयमा र सही तरिकाले उपचार प्रदान गर्नु रहेको जनाइएको छ । कम्पनीले सधैँ यस्ता परोपकारी उद्देश्यहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आइरहेको जनाएको छ ।

पहिले पनि लक्ष्मी ग्रुपले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोड रुपैयाँ सहयोगका साथै फिभर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गरेको जनाएको छ । ग्रुपले ०७२ सालको भूकम्पमा रेडक्रसलाई सहयोग गरेको स्मरण गरेको छ ।

त्यस्तै, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, गोरखाको श्री चन्द्रोदय आधारभूमि विद्यालय पुनर्निर्माण, पोखराको विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण र अन्य विभिन्न सामाजिक कार्य गरेको जनाएको छ । 

See More On

सुझावित समाचार