१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २४ शुक्रबार
  • Friday, 04 July, 2025
२o७८ बैशाख २४ शुक्रबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिकटक बनाउँदा भिरबाट लडेर युवाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २४ शुक्रबार १६:४९:oo

टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । धरानबाट ओखलढुंगा आउँदै गरेका धरान– ५ का १८ वर्षीय सुवास परियारको उदयपुरको कटारी नगरपालिका– ११ हर्देनी भिरमा टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो । 

धरानबाट ओखलढुंगातर्फ जाँदै गरेको सुमोमा यात्रा गरिरहेका परियार उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि सवारीबाट ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । 

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए । घटनास्थलबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।