१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कान्ति अस्पतालका पाँच बालबालिकामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:५९:oo

कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा संक्रमण पुष्टि भएको छ । बुधबार पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड– १९ का बिरामीको संख्या १० पुगेको अस्पतालले जनाएको छ । 

 गत वर्षभन्दा यो वर्ष संक्रमण फैलिने दर उच्च भएकाले संक्रमित थपिइरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एक–दुईजना देखिएकाेमा आज एकै दिन बढी संख्या देखिएको अस्पतालका प्रवक्ता डा. कृष्णप्रसाद विष्टले बताए । उनले भने, ‘संक्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।’ 

कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रवक्ता डा. विष्टले बताए ।  

अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शंकास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा. विष्टले बताए । बालबालिकाको रिपोर्ट पजिटिभ भएमा कोभिडका लागि छुट्याइएको शय्यामा उपचार गरिन्छ । संक्रमित नभएको पाइएमा अरू सामान्य शय्मा उपचार गरिने उनले बताए । उनले भने, ‘अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।’

अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको संख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ ।

ad
ad