१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वडा सदस्यको शव बोकेको जिप दुर्घटना : चारको मृत्यु, ६ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o४:oo

बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हँुदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर– ६ का ५० वर्षीय जितसिंह भण्डारी, ३० वर्षीय डम्बर भण्डारी, ४० वर्षीय दीपक भण्डारी र २७ वर्षीय हिक्मत भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए । 

दुर्घटनामा परी ६ जना घाइते भएको भट्टले बताए । पञ्चेश्वर– ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको गएराति चट्याङ लागेर मृत्यु भएपछि उनको शव बोकेर सदरमुकाम आउँदै गरेको से.१ज १८३ नम्बरको जिप दुर्घटनामा परेको हो । देहिमाण्डौ–गिरेगडा सडकको पञ्चेश्वर– ६ स्थित गडमेश्वर मन्दिरनजिक दुर्घटना भएको प्रहरीले बताएको छ । 

दुर्घटनामा घाइते भएकाहरूलाई जिल्ला अस्पताल बैतडी ल्याइँदै छ । दुर्घटनामा परेका चालकसहित थप दुईजना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 

ad
ad