१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०८:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आधा देश ‘लकडाउन’मा  : ३६ जिल्लामा जिल्लाभर तथा अन्य नौ जिल्लामा आंशिक निषेधाज्ञा लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०८:५२:००

कोरोना संक्रमणको दोस्रो लहर जिल्ला–जिल्लासम्म फैलिएपछि एक साताको बीचमा ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म ३६ जिल्लामा जिल्लाभर तथा अन्य नौ जिल्लामा आंशिक रूपमा निषेधाज्ञा लागू गरिएको छ । 

पूर्ण रूपमा लकडाउन भएका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन छन् । त्यस्तै, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान, बाजुरा, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा पनि जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ ।

यीमध्ये स्वास्थ्य मन्त्रालयले २२ जिल्लामा कोरोना संक्रमण उच्च देखिएको बताएको छ । त्यस्तै, आंशिक रूपमा निषेधाज्ञा भएका जिल्लामा ताप्लेजुङ, रामेछाप, स्याङ्जा, कालिकोट, मकवानपुर, गोरखा, काभ्रे, मोरङ र दार्चुला छन् । अन्य केही जिल्लाले पनि निषेधाज्ञाको तयारी थालेका छन् ।