Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ बैशाख १५ बुधबार १५:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस आन्दोलनका क्रममा पक्राउ परेका एक सय  २० जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय

Read Time : < 1 मिनेट
२०७८ बैशाख १५ बुधबार १५:३०:००

सरकारले जनता समाजवादी पार्टीको मागबमोजिम मधेस आन्दोलनका क्रममा पक्राउ परेका एक सय  २० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले त्यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार नेपाल सरकार वादी भएर चलाइएका १५ प्रकारका मुद्दामा पक्राउ परेका उनीहरूलाई मुद्दा फिर्तासम्बन्धी निर्देशिका २०७७ बमोजिम क्रमशः रिहा गरिनेछ । मुद्दा  फिर्ताको निर्णय गरेर सरकारले मधेस आन्दोलन र मधेसी जनताको भावनाको सम्मान गरेको मन्त्री गुरुङले बताए ।