१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा वा लकडाउन गर्न सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:४५:oo

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले एक साता निषेधाज्ञा वा लकडाउन गर्न सिफारिस गरेका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सोमबारको संयुक्त बैठकले कम्तीमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा वा लकडाउन गर्न गृह मन्त्रालयलाई  सिफारिस गरेको हो ।

निषेधाज्ञा वा लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जान दुई दिनको समय दिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड संक्रमणको स्थिति गम्भीर देखिएकाले कम्तीमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्योभन्दा अगाडि दुई दिनको समय दिइने बताएका हुन् । 

कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दा पनि संक्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा बन्द गराउन निषेधाज्ञा आवश्यक रहेको निर्णय भएको उनले बताए ।
लकडाउन गर्नुभन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भए पनि मापदण्ड पूर्ण रूपमा पालना नहुँदा संक्रमणको स्थिति गम्भीर बनेको ठहर प्रशासनको छ । त्यसैले थप भयावह स्थिति आउन नदिन निषेधाज्ञा आवश्यक रहेको पराजुलीले बताए ।
 

ad
ad