१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दराजद्वारा कामदारका लागि कोभिड–१९ खोप सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१९:oo

अनलाइन सपिङ बजार दराजले आफ्ना सबै फ्रन्टलाइन र वितरण कर्मचारीका लागि कोभिड–१९ खोप दिन सुरु गरेको छ । कम्पनीले स्वास्थ्य सेवा विभागको सहयोगमा खोप दिन सुरु गरेको हो । 

दराजले नेपालका विभिन्न सहरमा ६ सयभन्दा बढी कर्मचारीलाई रोजगारी दिइरहेको जनाएको छ । कर्मचारीमध्ये आधा मुख्यतया रसिद र डेलिभरी सेवाहरूमा काम गर्ने फ्रन्टलाइन कर्मचारी रहेको जनाइएको छ । कम्पनीले गत २ हप्ताको अवधिमा देशभरिका विभिन्न सहरबाट कर्मचारीलाई काठमाडौं ल्याएर खोप लगाई फिर्ता पठाएको जनाएको छ । यसले दराजका कर्मचारी मात्र नभई उनीहरूको समाज र उनको परिवारलाई पनि सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको ठहर छ ।

कोभिड–१९ को महामारी सुरु भएदेखि इ–कमर्स कम्पनी र सम्बन्धित फ्रन्टलाइन कर्मचारीले ग्राहकलाई आवश्यक पर्ने वस्तु सजिलैसँग उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको कम्पनीको दाबी छ । दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले स्वास्थ्य सेवा विभागको सहयोगमा कोभिड–१९ खोप कार्यक्रम सञ्चालन गर्न सम्भव भएको बताए ।

स्थानीय अधिकारीले हरेक दिन  फ्रन्टलाइनमा रहेका व्यक्तिहरूलाई रक्षा गर्न प्रगतिशील निर्णय लिइरहेको उनको भनाइ छ । यसैका कारण दराजमार्फत करिब १० हजार विक्रेताहरू सजिलैसँग आफ्नो व्यवसाय सञ्चानल गरी अघि बढिरहेको अलरिङले बताए । 

ad
ad