१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख ३१ सोमबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने- कर्णालीको प्रमुख प्रतिपक्ष रोग, भोक र गरिबी हो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:१८:oo

कर्णाली प्रदेशका  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको निर्माण गर्दा तीव्र विकास र आर्थिक समृद्धि देखेको बताएका छन् । उनीविरुद्ध कर्णाली प्रदेश सभामा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत माग्दै उनले सो कुरा बताएका हुन् । 

‘कसैलाई विपक्ष नराख्ने यहाँको प्रतिपक्ष भनेको कर्णालीको गरिबी हो, रोग हो, भोक हो भनेका थियौँ,’ उनले भने, ‘हाम्रो सबैको चाहना तीव्र आर्थिक विकास गर्नका लागि सबै एकै ठाउँमा उपस्थित भएका छौँ ।’

यहाँको असल सुशासन कायम गर्नका लागि एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको  र आफूविरुद्ध परेको अविश्वास मतलाई पुनः विश्वासकाे मत माग गरे । ‘कर्णालीमा माओवादीको संसदीय दलको उपस्थितिका विषयमा यहाँहरूलाई जानकारी नै छ,’ उनले भने, ‘पुनः मलाई विश्वास गर्दै मत दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

ad
ad