Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०७:४३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साओमीको एमआई टिभी स्टिक बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २ बिहीबार ०७:४३:००

स्मार्टफोन ब्रान्ड साओमीले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेटको रूपमा एमआई टिभी स्टिक नेपाली बजारमा ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०७८ को पहिले दिन पारेर कुनै पनि ननस्मार्ट टिभीलाई स्मार्ट टिभीमा रूपान्तरण गर्ने लक्ष्यसहित टिभी स्टिक ल्याउन लागेको हो । 

एन्ड्रोइड टिभी ९.० द्वारा सञ्चालित एमआई टिभी स्टिकले गुगल प्लेमार्फत ५ हजारभन्दा बढी एप्स र गेमहरूको पहुँच प्रदान गर्ने जनाइएको छ । एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन रहेको कम्पनीले जनाएको छ । यसमार्फत प्रयोगकर्ताले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजोलुसनमा हजारौँ घन्टा मनोरञ्जन तथा सूचना लिन सक्ने कम्पनीले जनाएको छ । टिभी स्टिकलाई ३० सेकेन्डभन्दा कममा जडान गर्न सकिने कम्पनीको दाबी छ । यसमा ग्याजेटमा सिनेमाजस्तो अनुभवका लागि डोल्बी र डिटिएस अडियो कम्प्रेसन प्रविधि रहेको जनाइएको छ । 

साओमी नेपालका काउन्टी जेनेरल म्यानेजर श्री सौरभ कोठारीले साओमीले ग्राहकको मनोरञ्जनलाई बैठक कोठाको आराममा केन्द्रित गरिरहेको बताए । एमआई टिभी स्टिकको लन्चसँगै कम्पनी उपभोक्तालाई स्मार्ट टिभी अनुभव प्रदान गर्नमा केन्द्रित रहेको उनको भनाइ थियो । 

विशेषतः यो टिभि स्टिक एन्ड्रोइड टिभीको संस्करण (९.०)मा सञ्चालित रहेको जनाइएको छ । यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टार, हंगामा प्ले, जी–फाइभ, आहा मनोरञ्जनजस्ता ओटिटी प्लेयरको पहुँचका साथ अनलाइन सामग्री स्ट्रिमिङका लागि एक स्टप गन्तव्य बनेको कम्पनीले जनाएको छ । गुगल प्ले स्टोरमा ५ हजारभन्दा बढी एप्लिकेसनको उपलब्धताका साथ एमआइटिभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पको अधिकता पनि प्रदान गरेको जनाइएको छ । 

यसमा गुगल सहायकद्वारा सञ्चालित भ्वाइस सर्च रहेकाले प्रयोगकर्ताले आफ्नो योजना बनाउन, पछिल्लो अपडेट÷समाचार प्राप्त गर्न, मनपर्दो सामग्री प्ले खोजी गर्न र अन्य स्मार्ट घरेलु उपकरण नियन्त्रण गर्नका लागि उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यो क्रोमकास्ट बिल्ट–इनका साथ उपलब्ध रहेकाले प्रयोगकर्ताको सबै मनपर्ने एप्सहरूबाट सामग्रीहरू–मोबाइलहरू/ट्याब्लेटहरू/ल्यापटपहरू) कास्ट गर्न सक्ने जनाइएको छ । एमआई टिभी स्टिकको मूल्य ६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।