मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
२०७७ चैत ३१ मंगलबार १४:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी

Read Time : < 1 मिनेट
२०७७ चैत ३१ मंगलबार १४:१४:००

नेपाल निजामती कर्मचारी युनियन (संघ)ले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ । 

मंगलबार नेपाल निजामती कर्मचारी युनियन (संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणापत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐनमा लोकतन्त्रविरोधी रहेको बताए । 

ऐनले संविधानलाई नै उल्लंघन गरेको तथा कर्मचारीहरूको सेवासुविधा, वृत्तिविकासलगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै सो ऐन पास भए कर्मचारीहरू आन्दोलनमा उत्रिने बताए । राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफूअनुकूलका कर्मचारीहरूलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताए । नेपाल निजामती कर्मचारी युनियन (संघ)का उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन गरेको बताए ।

श्रेणीविहीन कर्मचारीको वृत्तिविकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनले बताए । करार कर्मचारीहरूलाई स्थायी बनाउनुपर्ने आफूहरूको मागको सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण पनि गराए । सरकार नायबसुब्बाको वृत्ति विकास र बढुवामा गम्भीर नभएको पनि उपाध्यक्ष कटुवालले बताए ।  ट्रेड युनियनको अधिकारको निम्ति नेपाल निजामती कर्मचारी युनियन (संघ)ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको पनि बताए ।