१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाडीको ठक्करबाट एकै परिवारका तीनको मृत्यु   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:o१:oo

भरतपुरमा स्कुटरलाई गाडीले ठक्कर दिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ६ गीतानगरका ४० वर्षीय स्कुटरचालक मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी विनिसा अधिकारी र मोहन अधिकारीका दाइकी छोरी १७ वर्षीया दिपिसा अधिकारी रहेको प्रहरीले जनाएको छ ।

माडी ठोरी हुलाकी सडकखण्डअन्तर्गत भरतपुर– २२ पकौडीमा स्कुटरलाई गाडीले ठक्कर दिँदा शनिबार साँझ स्कुटरमा सवार तीनजनाकाे मृत्यु भएको हो । ना.४०प ७०८२ नम्बरको स्कुटरलाई ना.५प २१५० नम्बरको माडी ठोरी चल्ने गाडीले ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यलय गीतानगरका अनुसार माडी हुँदै नारायणगढतर्फ जान लागेको गाडीले विपरीत दिशाबाट आएको स्कुटरलाई ठक्कर दिएको हाे ।दुर्घटना भएको स्थलमा सडकको निर्माण कार्य हुँदै छ । ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार साँघुरो सडकका कारण दुर्घटना भएको देखिन्छ । 


 

ad
ad