१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फालिएको अवस्थामा बारीमा भेटियो ट्रान्सफर्मर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:o३:oo

भरतपुर महानगरपालिका– १४ बरौजीमा रहेको  बिजुलीको ट्रान्सफर्मर क्षतिपूर्ण अवस्थामा भेटिएको छ । चालू अवस्थामा रहेको एक सय ५० केभिएको ट्रान्सफर्मर शुक्रबार बिहान स्थानीयको बारीमा  बिजुलीको पोलमुनि फालेको अवस्थामा भेटिएको हो ।

घरमा विद्युत् नभएको र ट्रान्सफर्मर खेतबारीमा देखेपछि स्थानीयले विद्युत् प्राधिकरणका कर्मचारीलाई यस विषयमा  खबर गरेका थिए । यद्यपि के कारणले ट्रान्सफर्मरमा क्षति पुग्योे भने खुलेको छैन ।

नेपाल विद्युत् प्राधिकरणका सुपरभाइजर प्रदीप पौडेलले भने– ट्रान्सफर्मरलाई क्षति पुर्‍याउने गरी हावाहुरी पनि आएको छैन । अज्ञात समूहले ट्रान्सफर्मरमा प्रयोग हुने  तामाको तार चोरी गर्ने उद्देश्यले  यस्तो गरेको पनि हुन सक्ने आशंका गरे । यस विषयमा अनुसन्धान गरिने उनको भनाइ छ ।  

विगतमा ट्रान्सफर्मर चोरीको घटना धेरै हुने गरेको भए पनि चितवनमा करिब तीन वर्षदेखि यस्ता घटना शून्य छन् । उनका अनुसार अहिले उक्त क्षेत्रमा नयाँ ट्रान्सफर्मर ल्याई विद्युत् सुचारु गर्ने प्रयास हुँदै छ । 
 

ad
ad