१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

केपी ओलीलाई माधव नेपालको प्रतिप्रश्न– तपाईंमा पार्टी विभाजनको दुरासय रहेको देखियो किन नभन्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:१७:oo

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले विधान र नियमावलीविपरीत पार्टी कमिटी र जनसंगठनहरूको स्वेच्छाचारी किसिमले गठन र पुनर्गठन गर्दै पार्टीको एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरेको बताएका छन् । महासचिव ईश्वर पोखरेलले सोधको स्पष्टीकरणको जवाफ दिने क्रममा नेपालले बिहीबार ओलीलाई प्रतिप्रश्न गरेका छन् । नेपालले केन्द्रीय कमिटी बैठक विधिवत् रूपमा बोलाएर किन छलफल नगरेको भनी प्रश्न गरेका छन् । 

नेपालले भनेका छन्, ‘तपाईंले बालुवाटारमा गुटको अवैधानिक भेलालाई पार्टी केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिने पार्टी विधानविपरीतको कार्य गर्नुका साथै पार्टी विधान र नियमावली तथा सम्बन्धित जनसंगठनका विधानहरूविपरीत देशभरि पार्टी कमिटी तथा पार्टीसँग सम्बद्ध जनसंगठनहरूको स्वेच्छाचारी किसिमले गठन र पुनर्गठन गर्दै पार्टीको एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनुभएको छैन र ?’

२८ फागुनमा अवैधानिक रूपमा गरिएको निर्णय बदर गरौँ भन्दा किन नमानेको भन्दै नेपालले प्रश्न गरेका छन्, ‘यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुरासय रहेको देखियो किन नभन्ने ?’

ओलीका गतिविधिहरू एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताविपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारबाही गरिनुपर्ने प्रकृतिका रहेको नेपालको जिकिर छ । नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनु आवश्यक रहेको भन्दै नेपालले अवैधानिक किसिमले गठन गरिएको कुनै महाधिवेशन आयोजक कमिटीको कुनै पदाधिकारीले कुनै पनि प्रकारको पत्राचार गर्ने कार्य नै अवैध भई अमान्य रहेको जिकिर गरेका छन् ।

ad
ad