१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२०७७ चैत ११ बुधबार १७:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेडपाण्डाको छालासहित तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
२०७७ चैत ११ बुधबार १७:२५:००

दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे)को छालासहित सोलुखुम्बुको महाकुलुङबाट तीनजना पक्राउ परेका छन् । सातवटा रेडपाण्डाको छाला र पाँचवटा पासोसहित उनीहरूलाई घरैबाट पक्राउ गरिएको प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका– २ का ७६ वर्षीय जगतबहादुर राई, सोही गाउँपालिका– ३ का ५६ वर्षीय कविरशंकर राई र ५७ वर्षीय मितुरधन राई रहेका छन् । सोमबार साँझ पक्राउ परेका उनीहरूलाई बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोनभित्र गैरकानुनी रूपमा वन्यजन्तुको चोरी–सिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरिद–बिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटुवालले बताए । 

पक्राउ परेका तीनैजनालाई कानुनी कारबाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने कटुवालले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार उनीहरूलाई पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानुनी प्रावधान छ ।