१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ जेठ १ मंगलबार २१:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश प्रमुख झालाई मुस्लिम आयोगको प्रतिवेदन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २१:४१:oo

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई आयोगको वार्षिक प्रतिवेदन बुझाएका छन् । सोमबार आयोगका अध्यक्ष अन्सारीले प्रदेश प्रमुख झासँग भेटघाट गर्दै आयोगको वार्षिक प्रतिवेदन बुझाएका हुन् । भेटघाटका क्रममा प्रदेश प्रमुख झा र आयोगका अध्यक्ष अन्सारीबीच आयोगको गतिविधि तथा मुस्लिम समुदायका आर्थिक, सामाजिक, शैक्षिकलगायतका विषयमा समेत छलफल भएको थियो । 

प्रदेश प्रमुख झाले मुस्लिम समुदायको मदरसा तथा शैक्षिक अवस्थाको विषयमा राखेको जिज्ञसामा आयोगका अध्यक्ष अन्सारीले अहिलेसम्म मदरसाहरूको अवस्था दयनीय रहेको र त्यसको सुधारका लागि आयोगले प्रयास गरिरहेको बताए । 

प्रदेश २ सरकारले ल्याउन लागेको मदरसा शिक्षा बोर्डले मदरसा शिक्षालाई पनि राष्ट्रिय शिक्षाको मूलधारमा समावेश गर्न सकिने उल्लेख गर्दै अध्यक्ष अन्सारीले लामो समयदेखि प्रदेश सभामा रहेको मदरसा शिक्षा बोर्डसम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्ने बताए । 

मुस्लिम समुदायको विषयमा अध्ययन अनुसन्धान न्यून रूपमा भएकाले आयोगले त्यसमा जोड दिएको अन्सारीले बताए । वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख झाले मुस्लिम समुदायको समस्या मुस्लिम समुदायले मात्रै उठाएर समाधान हुन नसक्ने भन्दै सबै वर्ग, समुदाय, जातजातिले एक–अर्काको समस्या उठाउनुपर्ने बताए ।

विद्यालय, सांस्कृतिक विद्यालय मदरसाहरूमा प्रदेश प्रमुख नैतिक शिक्षाको कार्यक्रम सञ्चालनको तयारी भइरहेको र त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको प्रदेश प्रमुख झाले बताए । 

कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका अधिकृत रविन्द्र यादवले राज्यले मदरसालाई विद्यालयको रूपमा नभई धार्मिक रूपमा मात्र लिएकाले मदरसाहरूको शैक्षिक विकास हुन नसकेको बताए । मदरसाहरूको पाठ्यक्रम एकनासको नरहेको र त्यसमा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षामा जोड्ने माध्यमको राज्यले विकास नगर्दा समस्या भएको यादवले बताए । 

ad
ad