मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १८:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार संविधानको मूल्य र मान्यताबमोजिम अगाडि बढ्छ : नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ६ शुक्रबार १८:३६:००

नेपाल कम्युनिस्ट पार्टी(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यताबमोजिम अगाडि बढ्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मूल्य र मान्यताबमोजिम अगाडि बढ्न लागि दृढ रहेको बताएका हुन् । 

हालसम्म नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उनले  विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधानबमोजिम नै अगाडि बढ्ने टिप्पणी गरे ।

उनले भने, ‘अहिले सरकार जुन आधारमा उभिएको छ, त्यो आधार अहिले विभाजित भएको छ । तर, विभाजनपश्चात्को जुन दल छ त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन । त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ । जुन दिन विश्वासको मत फिर्ता हुन्छ त्यसपछि सरकार संविधानबमोजिम अगाडि बढ्छ । अहिलेको सरकार प्रधानमन्त्री केपी ओली संविधानबमोजिम स्थापित मूल्य र मान्यताबमोजिम अगाडि बढ्नको लागि दृढ हुनुहुन्छ ।’