मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
हनाह विच
२०७७ चैत ६ शुक्रबार १०:०५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

म्यानमार : साना सहरका ठूला प्रतिरोध

Read Time : > 2 मिनेट
हनाह विच
२०७७ चैत ६ शुक्रबार १०:०५:००

अघिल्लो बिहीबारसम्म म्यानमारको मध्यक्षेत्रमा अवस्थित सानो सहर म्याइङ सौन्दर्य बढाउन प्रयोग हुने बोक्रा ‘थान्अका’को उत्पादनका लागि मात्र चिनिन्थ्यो । तर, मार्च ११ को दिन सहरको नाम सेनाको बर्बरतासँग जोडिन पुग्यो । अघिल्लो महिना सत्ता हातमा लिएको म्यानमारको सेना प्रजातन्त्र पक्षधर प्रदर्शनकारीविरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेको छ । बिहीबार म्याइङमा तैनाथ सुरक्षाकर्मीले निहत्था नागरिकमाथि गोली बर्साउँदा कम्तीमा आठको मृत्यु भएको छ भने २० को ज्यान गयो । 

म्याइङ प्रहरी स्टेसनबाहिर प्रहरीले गोली बर्साउँदा म्यिन्त ज विन पनि भिडमै थिए । भाग्दै गर्दा उनले एकपटक पछाडि फर्केर हेरेका थिए । उनको ठीक पछाडि सडकमा टाउकोको एक हिस्सा गोलीले उडेको शरीर लडिरहेको थियो । यो त्यही सडक थियो, जहाँ उनले आफ्नो जीवन हिँडेर गुजारेका छन् । मृत शरीर कसको भनेर त चिन्न सकेनन्, तर सो दिन घर बनाउने मिस्त्री र बस ड्राइभर पनि मृतकमध्ये रहेको म्यिन्त ज विनले बताए । 

‘उनीहरू चराको सिकार खेलेझैँ गोली हानिरहेका थिए,’ म्यिन्त ज विनले केही प्रहरी अधिकारीको नाम लिँदै भने । उनी त्यहाँका धेरै प्रहरीलाई चिन्छन् । सानो सहर भएकाले म्याइङमा धेरैले एक–अर्कालाई नामले नै चिन्ने गरेको म्यिन्तले बताए । ‘त्यस दिन प्रहरी अधिकारी परिचित मान्छेबाट दानवमा बदलिए,’ म्यिन्त ज विनले बताए । 

फेब्रुअरी १ मा म्यानमारको सेनाले नागरिक नेतृत्वको सरकारलाई अपदस्थ गरेर पूर्ण सैन्य शासन गठन गरेयता सुरक्षाकर्मीले डेढ सयभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । अधिकांश हत्या यांगुन र म्यान्डलेजस्ता ठूला सहरमा भए पनि देशका १७ विभिन्न सहरमा पनि एक न एकजनाको हत्या भएको छ । 

म्यानमारमा अधिकांश प्रदर्शन यांगुन र म्यान्डलेजस्ता ठूला सहरमा केन्द्रित भए पनि प्रदर्शनले देशव्यापी रूप लिएको छ । देशका १७ विभिन्न सहरमा एक न एकजना प्रदर्शनकारीको सुरक्षाकर्मीबाट ज्यान गइरहेको छ ।

म्यानमारका पचासभन्दा बढी हत्याको भिडियो विश्लेषण गरेर एम्नेस्टी इन्टरनेसनलले अघिल्लो बिहीबार एक रिपोर्ट सार्वजनिक ग¥यो । रिपोर्टमा सुरक्षाकर्मीले प्रदर्शनकारीविरुद्ध युद्धक्षेत्रमा प्रयोग हुने हतियार प्रयोग भएको उल्लेख छ । केही अवस्थामा कमान्डरले गैर–न्यायिक हत्याको निर्देशन दिएको एम्नेस्टीले बताएको छ । 

म्यानमार सेनाले दशकौँदेखि देशका नागरिकविरुद्ध हत्या हिंसा मच्चाइरहेको थियो । सबैभन्दा हिंस्रक आक्रमण जातीय अल्पसंख्यकविरुद्ध भएका छन् । पछिल्लो समय रोहिंग्या मुसलमानविरुद्ध भएको कारबाही आमनरसंहार भएको भन्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा परेको थियो । ‘यी कदम कुनै एक अधिकारीले गरेको कमजोर निर्णयको परिणति होइन । पहिले नै मानवताविरुद्धको अपराधको दोष लागेका निर्दयी कमान्डरहरू धेरै निर्णयको पछाडि छन्,’ एम्नेस्टी इन्टरनेसनलका क्राइसिस रेस्पोन्सका निर्देशक जोआन मरिनरले एक वक्तव्यमा भनेका छन् । पछिल्लो साता म्यानमारभरबाट आएका हत्याको खबरले आमजनसंख्यालाई स्तब्ध बनाएको छ । 

अघिल्लो बिहीबारको गोलीबारीमा म्याइङ रणभूमिमा बदलिनुअघि दैनिक मानिसहरू भेला भएर सेनाको कार्यविरुद्ध र्‍याली निकाल्थे । ¥यालीमा सहभागी धेरै मानिसले मोटरसाइकलको हेल्मेट लगाएका हुन्थे । अन्य ठूला सहरका बासिन्दाजस्तै यहाँका नगरवासी पनि कुविरुद्ध उठे । 

कुको दुई दिनपछि म्याइङका बासिन्दा कुविरुद्ध र्‍याली गर्न थालेका थिए । नीहरू आङ सान सुकी तथा अन्य निर्वाचित अधिकारीलाई सत्ता सुम्पने नारा लगाउँथे । त्यसपछिका हरेक दिन यो दृश्य दोहोरिन्थ्यो । अघिल्लो बिहीबार सहरको एक गुम्बाका कम्तीमा दुई युवा पक्राउ परे । एक हुल प्रदर्शनकारी तिनको पक्राउको कारण सोध्न प्रहरी स्टेसनमा भेला भए । उनीहरू जवाफ नपाएसम्म नफर्किने भन्दै मौन विरोधमा बसेका थिए । प्रत्यक्षदर्शीका अनुसार भिडमाथि गोली प्रहार गर्नुअघि कुनै पूर्वचेतावनी दिइएको थिएन । 

सोही समयतिर देशको सबैभन्दा ठूलो सहर यांगुनको नर्थ ड्यागन क्षेत्रमा सुरक्षा फौजले भिडमाथि गोली प्रहार गर्‍यो । पुराना सामग्री संकलनकर्ता २५ वर्षिय चित मिन थुको टाउकोमा गोली लाग्यो । परिवारजनका अनुसार उनको तत्कालै ज्यान गयो । सुरक्षाकर्मीले उनको शरीर जफत गर्ला भनेर अन्य प्रदर्शनकारीले चित मिन थुको शव हतारमा अन्यत्र लगे । पछिल्लो समय मृत प्रदर्शनकारीको शव सुरक्षाकर्मीले लिएर बेपत्ता पार्ने क्रम बढेको छ । दिउँसो उनको शव घर पुर्‍याउँदा कैयौँ प्रदर्शनकारी उनको सम्मानका लागि जम्मा भएका थिए । टाउकोमा लगाइएको ब्यान्डेजले टाउकोको चोट छोपेको थियो । उनको विधवा श्रीमती आयी चान म्यिन्त आफ्ना दुई वर्षको छोरालाई साथमा लिएर छेउमा उभिएकी थिइन् । उनको गर्भमा तीन महिनाको बच्चा थियो । 

‘उनीहरूले खुट्टामा गोली नहानेर टाउकोमा किन हाने ?’ उनको प्रश्न थियो । प्रश्नको उत्तर दिने कोही थिएन । आयी चान म्यिन्त उनको श्रीमान्को खुट्टा र अनुहार छुँदै भन्दै थिइन्, ‘तिमीले मलाई गर्व महसुस गराउनेछु भनेका थियौ । मलाई तिमीप्रति गर्व छ, मेरा प्यारा !’

हनाह विच द न्युयोर्क टाइम्सकी दक्षिणपूर्वी एसिया व्युरोकी प्रमुख हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य