१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १४:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वर्षमानको दाबी– ५ चैतपछि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सत्ता गठबन्धन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:४९:oo

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी ५ चैतपछि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सत्ता गठबन्धन बन्ने दाबी गरेका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पुनले ५ चैतमा जसपाको बैठकले निर्णय लिने र तीन पार्टीको सत्ता गठबन्धन बन्ने दाबी गरेका हुन् । 

दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको छ । असंवैधानिक रूपमा प्रतिनिधिसभा भंग गरेका ओली प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने पुनको तर्क छ । 

पुनका अनुसार बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, राष्ट्रिय सभाको दलको नेतामा दीनानाथ शर्मालाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । 

पार्टीको तर्फबाट सरकारमा सहभागी सदस्यसँग प्रत्यक्ष भेटेर संवाद गर्ने र उनीहरूलाई धारणा स्पष्ट गर्न आग्रह गर्ने पनि उनले बताए ।

ad
ad