१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १६ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १६ आइतबार १३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अवहेलना मुद्दा : प्रचण्डद्वारा सर्वोच्चमा लिखित जवाफ पेस, ‘औचित्यहीन’ मुद्दा खारेज गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १६ आइतबार १३:२८:oo

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना गर्ने काम आफू र आफ्नो दलबाट कहिल्यै हुन नसक्ने बताएका छन् । अदालतको अवहेलना मुद्दामा आफैँ सर्वोच्च अदालत उपस्थित भएर प्रचण्डले आइतबार लिखित जवाफ पेस गरेका हुन् ।

विराटनगरमा आयोजित जनसभामा प्रचण्डले अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायूले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए ।

प्रचण्डले प्रायोजित रूपमा आफूविरुद्ध औचित्यहीन मुद्दा दर्ता गएको दाबी गर्दै खारेज गर्न माग गरेका छन् ।

अदालतमा लिखित जवाफ पेस गरेपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले अदालतको मानहानि हुने खालको कुनै अभिव्यक्ति नदिएको र आफूमाथि लगाइएको आरोप गलत छ भनी लिखित जवाफ बुझाएको बताए ।

उनले भने, ‘अदालतको मानहानिबारे जे रिट परेको थियो त्यसबारे आफैँ उपस्थित भएर लिखित जवाफ दिने क्रममा आज सर्वोच्च अदालतमा उपस्थित भएर मैले आफ्नोतर्फबाट अदालतलाई मानहानि हुने खालको कुनै अभिव्यक्ति दिएको छैन । ममाथि लगाइएको यो आरोप गलत छ भन्ने स्प्रिरिटमा लिखित जवाफ बुझाएर आएँ ।’

नेकपाका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सरकारले संविधान नै नष्ट गर्ने गरी संविधानविरुद्धको काम गरेकाले आफ्नो दलीय कर्तव्यअनुरूप जनतालाई सुसूचित गरेको, तर अदालतको गरिमा, स्वच्छता र स्वतन्त्रतालाई आक्षेप नलगाएको भनी प्रचण्डले लिखित जवाफ पेस गरेको बताए ।