१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण ११ मंगलबार ०९:५१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दाँत दुखाइबाट मुक्ति पाउने घरेलु आठ उपाय

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ११ मंगलबार ०९:५१:००

कहिलेकाहीँ दाँत अचानक दुख्ने गर्छ । यो दुखाइ निकै नै पीडादायी हुन्छ । दाँतको दुखाइ कति हुन्छ भन्ने पीडितलाई मात्रै थाहा हुन्छ । कसैले भनेको भरमा यसको दुखाइ अनुभव नै गर्न सकिँदैन । दाँत दुख्नुको विभिन्न कारण हुन्छ । विशेषगरी लामो समयसम्म दाँत सफा नगर्दा, क्याल्सियमको कमी र दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । दाँत दुखेको वेलामा प्रायः सबैले सुरुमै पेनकिलर सम्झन्छन् । तर, सधैँ घरमा पेनकिलर नहुन पनि सक्छ । यस्तो वेलामा निम्न घरेलु विधिबाट पनि दाँत दुखेको कम गराउन सकिन्छ । 

ल्वाङ 
दाँत दुखेको वेलामा ल्वाङ सेवन गर्दा निकै नै फाइदा गर्छ । दाँतको तल्लो भागमा ल्वाङ धेरैबेरसम्म चपाउँदा र ल्वाङकै तेल दुखेको स्थानमा राख्दा दुखाइ कम हुने विज्ञहरूको सुझाब छ । 

काँचो लसुन चपाउने
स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको घरेलु उपचारमा लसुनको प्रयोग हुन्छ । लसुनमा एलिसिन कम्पाउन्ड हुन्छ । साथै लसुनमा भएको एन्टिवायरल तथा एन्टिफंगल तत्वले दाँत दुखेको कम गर्न मद्दत गर्छ । 

बेसार
भान्सामा नभई नहुने सामग्री हो बेसार । बेसारलाई एक किसिमले प्राकृतिक एन्टिबायोटिक मानिन्छ । बेसारमा नुन र रायोको तेल मिसाएर दुखेको दाँतमा राख्दा राहत मिल्छ । तत्काल यी तीनवटा सामग्री नभेटिए बेसार मात्र मन्जनका रूपमा प्रयोग गरी दुखाइ मेटाउन सकिन्छ । 
हिङ
खानामा फरक किसिमको स्वाद निकाल्न हिङ प्रयोग गर्ने गरिन्छ । खानामा मात्रै होइन, घरेलु उपाचारमा पनि हिङ प्रयोग गर्न सकिन्छ । हिङ र कागती मिसाएर दाँत दुखेको स्थानमा राख्दा दुखाइ कम गर्छ मद्दत गर्छ । 
काँचो प्याज
प्याजमा एन्टी इन्फलामेट्री, एन्टी एलर्जिक, एन्टी कार्सिनोजेनिक र एन्टी अक्सिडेन्ट गुण हुन्छ । यसले मुखको ब्याक्टेरिया नष्ट गर्ने काम गर्छ । जसले दाँत दुखेको वेला आराम मिल्छ । दाँत धेरै नै दुखेको वेलामा काँचो प्याज अलिअलि चपाउँदा राम्रो मानिन्छ ।

ब्ल्याक पेपर
धेरै गर्मी वा चिसो खाँदा पनि कहिलेकाहीँ दाँत दुख्छ । यस्तो अवस्थामा ब्ल्याक पेपर प्रयोग गरे तत्कालै राहत मिल्छ । दाँत दुखेको वेलामा ब्ल्याक पेपर र नुनको मात्रा मिलाएर कुल्ला गर्नुपर्छ । यसैगरी ब्ल्याक पेपर र नुनलाई पेस्ट बनाएर दुखेको स्थानमा राख्दा पनि आराम मिल्छ । 

बेकिङ सोडा
बेकिङ सोडा पनि एन्टी ब्याक्टेरियल, एन्टी फंगल र एन्टी सेप्टिक गुण भरिएको हुन्छ । एक गिलासमा मात्रा मिलाएर बेकिङ सोडाले बारम्बार कुल्ला गर्दा दाँतको दुखाइ कम हुने विज्ञहरूले बताएका छन् । यसैगरी दुखेको दाँतमा अलिअलि बेकिङ सोडा राख्दा पनि राहत मिल्छ । 

अम्बाको पात
अम्बाको पात पनि घरेलु उपचारमा निकै नै प्रयोगमा आउँछ । यसमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । दाँत दुखेको वेला अम्बाको ताजा पात चपाउँदा राम्रो हुन्छ । ५ देखि १० मिनेटसम्म अम्बाको पात पकाएर पिउँदा पनि दुखाइ कम गर्ने विज्ञहरूको भनाइ छ । यसमा हल्का नुन राखेर कुला गर्दा थप राहत मिल्छ । 
एजेन्सीको सहयोगमा