१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संसद् पुनर्स्थापना नभए देश अफगानिस्तानको बाटोमा जान्छ : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:४४:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना नगर्ने हो भने नेपाल अफगानिस्तानको बाटोतर्फ अगाडि बढ्ने बताएका छन् । देशी–विदेशी शक्तिको आडमा प्रधानमन्त्रीले संसद् विघटन गरेकाले विदेशीले नेपालमा खेल्नेतर्फ संकेत गर्दै उनले भने, ‘अदालतले संसद् पुनर्स्थापना गरेर देशलाई बचाएन भने के हुन्छ ? देश फेरि गृहयुद्धमा जान्छ र अफगानिस्तानको हालतमा पुग्छ ।’ 

पोखरामा बिहीबार आयोजित कार्यक्रममा पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि नै प्रहार गरेका वेला अदालतले जे गर्छ गरोस् भनेर कांग्रेस चुप लागेर बस्न नमिल्ने बताए । ‘अदालतले जे गर्छ गरोस् भन्ने हो भने कांग्रेस पार्टी केका लागि ? नेता केको लागि ?’ उनले भने । 

उनले अदालतलाई खबरदारी गरेर बल प्रदान गर्नुपर्ने धारणा राखे । कांग्रेस केन्द्रीय समितिले नै विघटन गर्ने कदम असंवैधानिक भनेकाले विघटनको विरुद्ध सबै लाग्नुपर्नेमा उनले जोड दिए । 

संसद् पुनर्स्थापना गर भनेर अदालतको निर्णय प्रक्रियालाई आफूहरूले दबाब नदिएको बरु देशका लागि, लोकतन्त्रका लागि र संविधानको रक्षाका लागि बल प्रदान गरेको उनको भनाइ छ । 

सबैको अधिकारलाई सुनिश्चित गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर प्रहार गरेका वेला चुनावमा जाने कुरा गर्न नहुने उनले दोहो¥याए । ‘हिजो चुनाव पञ्चायतमा पनि भएकै थियो । ज्ञानेन्द्रले पनि गरेकै थिए । अहिले संविधानमाथि प्रहार भएको छ । लामो संघर्ष र लडाइँबाट आएको व्यवस्था खतरामा छ । यस्तो वेला हुने चुनावको के काम ? लोकतन्त्र बचेदेखि चुनाव गर्न पाइन्छ । भाग लिन पाइन्छ । लोकतन्त्र नै नरहे र संविधान नै नरहने अवस्थामा चुनाव भन्नुको कुनै अर्थ छैन,’ उनले भने ।

ad
ad