१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बिमा संस्थान र नेपाल बैंकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४३:oo

नेपाल बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानपरिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ । संस्थानका ग्राहकबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउन लागिएको हो । 

काउन्टर सञ्चालन सम्बन्धमा बैंक र संस्थानबीच सम्झौता भएको जनाइएको छ । साथै, संस्थानमा कार्यरत कर्मचारीलाई बैंकले सहुलियत दरमा विनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र संस्थानका प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेको जनाइएको छ । बैंकले देशभर रहेका २ सय ४ शाखा, ३९ एक्सटेन्सन काउन्टर, १ सय ४२ एटिएम तथा अन्य विभिन्न विद्युतीय माध्यमबाट समेत बैंकिङ सेवा दिइरहेको जनाएको छ । 
 

ad
ad