१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २५ आइतबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक र उपाय सर्भिसेसबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २५ आइतबार ०६:१८:००

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेडबीच बैंकको ग्राहकका आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ । 

बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरूले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने तथा उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्ने विषयमा सम्झौता भएको हो । 

सम्झौतामा बैंकका एसएमई तथा लघुवित्त प्रमुख नीरजकुमार बस्नेत (डनिल) र उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेको बैंकले जनाएको छ । 

साझेदारीसम्बन्धी सम्झौतापछि बैंकका एसएमई तथा लघुवित्त प्रमुख बस्नेतले नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहु“चमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासका लागि विभिन्न सुविधा र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको बताए । यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीको वित्तीय व्यवस्थापनमा हालको अन्तर पुर्न मद्दत पु¥याउने उनको भनाइ थियो । 

उपाय सर्भिसेसका महाप्रबन्धक केसीले नबिल बैंकस“गको सहकार्य फलदायी भएको बताए । उपायले कर्जासम्बन्धी सेवाबाहेक वित्तीय व्यवस्थापन, कानुनी, कर र व्यवस्थापनसम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका ग्राहकलाई मार्गदर्शन र मद्दत गर्ने उनको भनाइ छ । हालसम्म बैंकका १ सयभन्दा बढी ग्राहक उपाय सर्भिसेसबाट सेवाहरू उपयोग गरेर लाभान्वित भएको केसीले बताए ।