१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार ११:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीका सबै जिल्लामा आमहडतालको प्रभाव

तनहुँमा १६ र कास्कीमा एकजना बन्दकर्ता प्रहरी नियन्त्रणमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:५२:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समुहले आह्वान गरेको आमहडतालको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ । प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगहरूमा संसदीय सुनुवाइविनै गरिएको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले देशव्यापी आमहडताल आह्वान गरेको हो । 

प्रदेशको राजधानी पोखराबाट कुनै पनि सार्वजनिक सवारीसाधन बाहिरिने–भित्रिने भएको छैन । सडकमा निजी सवारीसाधन भने फाट्टटफुट्ट चलेका देखिन्छन् । बजार, शिक्षण संस्थाहरू र बैंक, वित्तीय संस्थासमेत बन्द छन् । आन्दोलनकारी पोखराका विभिन्न चोकमा खटिएका छन् भने उनीहरूले सडकमा गुडेका केही निजी सवारीसाधनलाई रोकेर नचलाउन आग्रह गरेका छन् । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमबहादुर चन्दका अनुसार गण्डकी प्रदेशमा मध्याह्नसम्म अवस्था शान्तिपूर्ण छ । उनका अनुसार तनहुँ प्रहरीले १६ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार कास्कीमा बिहानदेखि अवस्था सामान्य छ ।

एकजना बन्दकर्ता विद्यार्थीलाई पोखरा– ८ सिर्जना चोकबाट नियन्त्रणमा लिइएको डिएसपी हमालले जानकारी दिए । बन्द गराउन जबर्जस्ती गरेकाले उनलाई नियन्त्रणमा लिइएको हमालले बताए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख उपरीक्षक होविन्द्र बोगटीका अनुसार स्याङ्जामा सिद्धार्थ राजमार्ग सुनसान छ । बिहान केहीबेर स्याङ्जाका बजार खुले पनि सबै बन्द भएकाे उनले जानकारी दिए  । पोखराका चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति पनि बाक्लो छ ।

बन्दको प्रभाव गण्डकी प्रदेशका ११ वटै जिल्लामा परेको छ ।  सार्वजनिक सवारीसाधन नचलेका र चलेमा भने सुरक्षा दिइने गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

ad
ad