१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पाका एक युवाले निःशुल्क बाँडे सिंगो गाउँलाई ग्यासचुलो र सिलिन्डर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:४१:oo

हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाई नै ग्यासचुलो र सिलिन्डर बाँडेका छन् । ठूलीभेरी नगरपालिका– ३ दुनैमा बस्दै आएका युवा मन बुढाले वडा नं. ४ तिप्ला गाउँका एक सय २१ घरधुरीलाई ग्यासचुलाे र सिलिन्डर वितरण गरेका हुन् ।

व्यक्तिगत नाै लाख ६८ हजार खर्च गरेर नेपालगन्जबाट सिलिन्डर र चुलाे ल्याएर वितरण गरेको स्थानीय राजबहादुर बुढाले बताए । सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बुढाले जिल्लामै नमुना काम गरेकाले यस्तै दीर्घकालीन सोच राखेर अन्य युवाले पनि समाजसेवामा लाग्नुपर्नेमा जोड दिए ।

मन बुढा

दुर्गम क्षेत्रका महिलाको व्यस्त जीवनशैलीलाई लक्षित गर्दै केही हदसम्म भए पनि राहत मिलोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा चुल्होसहितको सिलिन्डर वितरण गरिएको युवा मन बुढाले बताए । महिलाहरूलाई साँझपख खेतबारीबाट फर्केर आइसकेपछि अँगेनोमा कष्टका साथ खान पकाउन पर्ने अवस्था देखेर आफूले ग्यास वितरण गरेको बुढाको भनाइ छ ।

त्यति मात्र नभई प्रत्येक दिन चाहिने दाउराको स्रोत जंगल नै भएकाले स्थानीयको जंगलप्रतिको परनिर्भरता घटाई वन विनाश रोक्न पनि यो कदम चालिएको बुढाले बताए ।

ad
ad