१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नमुना सहर निर्माण गर्ने महासंघ सहरी विकास समितिको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२२:oo

नेपाल उद्योग वाणिज्य महासंघको सहरी विकास समितिले आफ्नो कार्यकालमा कम्तीमा एउटा प्रदेशमा नमुना सहर बनाउने लक्ष्य राखेको छ । आइतबार भएको विस्तारित समितिको बैठकमा सभापति मीनमान श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी आवश्यक नीति–नियम बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष शुकुन्तलाल हिराचनले सहरी विकासका लागि ठोस गुरुयोजना नभएकाले त्यसतर्फ पनि काम गर्न समितिलाई सुझाब दिए ।    

आइतबार नै महासंघका कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित सहरी विकास समिति विस्तार भएको छ । समितिका सहसभापतिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कँडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चुनिएका छन् । 

समितिका सदस्यहरूमा नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना) का पूर्वअध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङ लिमिटेडका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर ई. डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटी रहेका छन् । समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत छन् ।