१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गरिमा विकास बैंकको नयाँ कर्जा सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:३२:oo

गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरू सार्वजनिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरूअन्तर्गत गरिमा इजी एसएमई लोन र गरिमा इजी होम लोन ल्याएको हो । 

कोभिड–१९ का कारण विश्व अर्थतन्त्र शिथिल भएका वेलामा नेपाल पनि यसबाट टाढा रहन नसकेको भन्दै बैंकले नयाँ योजना ल्याएको जनाएको छ । बढ्दो बेरोजगार तथा उद्यमीहरूको उद्यमशीलतामा समेत ह्रास आएका वेलामा उद्यमीलाई सरल र सहज तवरबाट कम ब्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सिर्जना तथा उद्यमशीलताको विकाससँगै रोजगार सिर्जनामा ठूलो टेवा पुगोस् भनी नयाँ योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद 
ढकालले बताए । 

दुवै कर्जा सुविधाहरू ८ दशमलव ८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको र धितो मूल्यांकनको शतप्रतिशत गरिमा इजी एसएमई लोन लगानी गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै, कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म गरिमा इजी होम लोनमा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवाशुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुविधा पाउन सकिने बैंकले जनाएको छ । 

ad
ad