१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १८ आइतबार ०८:४०:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १८ आइतबार ०८:४०:००

धूम्रपान स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी उत्पादन कम्पनीले नै दिएका हुन्छन् । चुरोट, सुर्ती र बिँडीजस्ता धूम्रपानजन्य वस्तुको प्याकेटमै यसका बेफाइदाबारे प्रस्ट लेखिएको हुन्छ । धूम्रपान गर्ने अधिकांश व्यक्तिसमेत यसको असरबारे अनभिज्ञ हुँदैनन् । तर, प्रत्येक वर्ष विश्वका लाखौँ व्यक्तिले धूम्रपान सुरु गर्छन् । जानाजानी जीवनभरका लागि कुलतमा फस्छन् । अध्ययनका अनुसार धूम्रपान गर्ने व्यक्तिलाई मात्र नभई वरपर बस्ने व्यक्तिको स्वास्थ्यमा पनि उत्तिकै असर गर्छ । तर, हरेक वर्ष विश्वभर नै धूम्रपानजन्य वस्तुको माग बढिरहेको तथ्यांकले देखाएका छन् । 

विश्वको कुल जनसंख्याको आधा धूम्रपानको कुलतमा 
विश्वभरका वयस्कहरूमध्ये एकतिहाइ पुरुषले धूम्रपान गर्छन् । युवापुस्ताले पनि उत्तिकै मात्रामा धूम्रपान गर्ने गरेको अध्ययनले देखाएका छन् । तर, अधिकांश युवाले धूम्रपान लुकिछिपी गर्ने हुँदा यसको यकिन तथ्यांक भने छैन । तर, विभिन्न अध्ययनका अनुसार विश्वको कुल जनसंख्याको करिब आधाले धूम्रपान गर्ने अनुमान छ । 

धूम्रपान गर्दा खराब आत्मा बाहिरिने अमेरिकी अन्धविश्वास 
धूम्रपानको इतिहासबारे कुनै यकिन तथ्य भेटिँदैन । तर, अधिकांश सभ्यताको इतिहास हेर्दा धूम्रपान धर्म र संस्कृतिसँग जोडिएको पाइन्छ । जस्तै– अमेरिकामा प्राचीनकालमा धर्मगुरु अर्थात् धर्मसँग सम्बन्धित व्यक्तिले मात्रै धूम्रपान गर्ने मान्यता थियो । त्यतिवेला धूम्रपान गर्दा शरीरमा भएको खराब आत्मा बाहिर निस्कने विश्वास गरिन्थ्यो । बिस्तारै आममानिसले यसलाई लतका रूपमा प्रयोग गर्न थालेका थिए । यद्यपि, विभिन्न फरक ठाउँमा यसको सुरुवात भिन्न तरिकाले भएको हुन सक्छ ।

डायबेटिजको जोखिम
चुरोटमा सुर्तीजन्य वस्तुसँगै विभिन्न पदार्थ मिसाइएको हुन्छ । चुरोटमा निकोटिनजस्ता एक सयभन्दा बढी पदार्थ मिसाइएको हुन्छ । यसमा स्वाद परिवर्तन र नशा बढाउने विभिन्न वस्तुको प्रयोग पनि गरिएको हुन्छ । कहिलेकाहीँ स्वाद बढाउनका लागि चिनी र कोकाकोला फ्लेवरसमेत राखिने हुँदा डायबेटिज (मधुमेह)को कारण बन्न सक्छ । 

प्राचीनकालमै धूम्रपान प्रतिबन्ध
१५औँ शताब्दीतिर आममानिसमा धूम्रपानको लत बढ्दै गएपछि तत्कालीन चीनका सम्राट चोगंझेनले धूम्रपान गर्ने व्यक्तिलाई देशको धोकेबाजका रूपमा सजाय दिने घोषणा गरेका थिए । त्यही समयको आसपासमा मस्कोले धूम्रपान गर्ने महिला–पुरुषलाई रड तताएर छाला डाम्ने सजाय दिने घोषणा गरेका थिए । अर्थात्, धूम्रपानलाई प्राचीनकालदेखि नै बन्देज लगाउन खोजिएको पाइन्छ । त्यो समयमा धूम्रपानले फोक्सो र कलेजोमा क्यान्सर गराउने तथ्यबाट अनभिज्ञ भए पनि समाज धूम्रपानको असरबारे भने सचेत रहेको पुष्टि हुन्छ । 

विश्वभर बढ्दो माग
संसारभरि बजारमा अत्यधिक खपत हुने वस्तुमध्ये चुरोट अग्रस्थानमा पर्छ । अमेरिकाका अधिकांश जेलमा चुरोटलाई मुद्राका रूपमा समेत प्रयोग गरिएको पाइन्छ । 

अत्यधिक उत्पादन
बर्सेनि सुर्तीजन्य वस्तु अत्यधिक उत्पादन हुने गर्छ । बजारमा खपत हुने यकिन तथ्यांक कसैसँग नभए पनि हरेक वर्ष सुर्तीजन्य पदार्थको माग बढिरहेको छ । अमेरिकाले पछिल्लो समय सार्वजनिक गरेको एक तथ्यांक हेर्दा प्रत्येक वर्ष करिब ६ अर्ब सिग्रेट उत्पादन हुन्छ । यद्यपि, विभिन्न स्थानमा धूम्रपान निषेध पनि गरिएको हुन्छ । 

स्वास्थ्यका लागि हानिकारक
धूम्रपान स्वास्थ्यका लागि हानिकारक हुने सबैलाई थाहा छ । तर पनि प्रत्येक वर्ष धूम्रपानकै कारण लाखौँ व्यक्तिले ज्यान गुमाइरहेका छन् । यसबाहेक धूम्रपानबाट करिब ५० प्रतिशत प्रयोगकर्ता क्यान्सरको सिकार हुने गर्छन् भने बाँकी ५० प्रतिशतमा कुनै न कुनै स्वास्थ्य समस्या निम्तिने गर्छ । 

एजेन्सीको सहयोगमा