Skip This
होटेल व्यवसायी र मजदुर संगठनबीच सहमति पाँचतारेका कर्मचारीलाई ५ हजार तलब
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

होटेल व्यवसायी र मजदुर संगठनबीच सहमति पाँचतारेका कर्मचारीलाई ५ हजार तलब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:o९:oo

कोभिड–१९ का कारण बन्द भएका होटेलका कर्मचारीलाई दिने पारिश्रमिकको दरमा सहमति भएको छ । ६ महिनाअगाडि मजदुर र होटेल सञ्चालकबीचको सहमतिको अवधि १ जनवरीबाटै सकिएपछि होटेल व्यवसायी र पर्यटन तथा होटेल क्षेत्रका ट्रेड युनियन संगठनबीच सम्झौता भएको हो ।

सहमतिअनुसार घरमै बस्नुपर्ने कर्मचारीलाई पाँचतारेको हकमा मासिक ५ हजार उपलब्ध गराइनेछ । तर, होटेल सञ्चालन भएको अवस्थामा भने चक्रीय प्रणालीमार्फत आवश्यकताका आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीलाई काममा लगाइनेछ । 

त्यस्तै, चारतारे होटेल तथा रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक चार हजार उपलब्ध गराइनेछ । तीनतारे होटेल र रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक तीन हजार उपलब्ध गराइनेछ । दुईतारे होटेल र रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक दुई हजार पाँच सय र एकतारे होटेल र रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई मासिक दुई हजार उपलब्ध गराइनेछ । पर्यटकस्तरीय होटेल र रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई आपसी समझदारीमा गरिनेछ ।

मजदुर र सञ्चालकहरूबीच भएको सहमतिअनुसार यो अवधि मान्य हुने समयसम्म चाडपर्व खर्च, बोनस र भ्रमणभत्ता श्रमिक तथा कर्मचारीले नपाउने भएका छन् । अवधिभरि काममा नबोलाइएको समयमा बिदाको सुविधा श्रमिक तथा कर्मचारीले समेत दाबी गर्न नपाउने गरी सहमति बनेको छ ।

सहमतिको कार्यान्वयन र परिपालन गराउने कार्य होटेल संघ नेपाल र पर्यटन तथा होटेल क्षेत्रमा क्रियाशील केन्द्रीयस्तरका सम्झौताकर्ता ट्रेड युनियन संघबीच गठन भएको अधिकारसम्पन्न संयुक्त कार्यदलले गर्ने भएको छ । सहमतिको अवधिभरि श्रमिक वा कर्मचारीहरूको रोजगारीको सुनिश्चितता भने होटेलले गर्नेछ ।

यसबीचमा कुनै पनि कर्मचारीलाई जागिरबाट निकाल्न पाइनेछैनन् । तर, स्वेच्छिक अवकाश लिन चाहने, आफ्नो स्वेच्छाले राजीनामा दिने र उमेरको हदका कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक, कर्मचारीको सेवा अन्त्य हुँदा बन्दाबन्दी अगाडि खाइपाइ आएको सुविधा दिई सेवा अन्त्य गर्न पाउने भएका छन् ।

काममा लगाइएका श्रमिक तथा कर्मचारीले भने खाइपाइ आएको पूरै पारिश्रमिक पाउनेछन् । काममा नबोलाइएको अवस्थामा घरै बस्नुपर्ने भएमा भने होटेल सञ्चालकले पछिल्लो सहमतिअनुसारको रकम दिने भएका हुन् । एक वर्षका लागि मान्य हुने गरी भएको सहमतिपत्रमा संघका तर्फबाट अध्यक्ष सिर्जना राणाले हस्ताक्षर गरेकी छिन् । मजदुरको तर्फबाट नेपाल स्वतन्त्र होटेल मजदुर युनियनका अध्यक्ष सूर्यबहादुर कुँवर, अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डे र नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघका अध्यक्ष खेमराज खड्काले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार एक वर्षभर वा सहमतिको अवधि कायम रहेको अवस्थासम्म तालिममा आएका, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकलाई होटेलले काममा लगाउन पाउनेछैनन् । कामदार आवश्यक हुनासाथ जगेडामा घरमा बसेका कर्मचारीलाई बोलाउनुपर्नेछ । तर, बैंकेट सेवाका लागि मात्र आवश्यक पर्ने देखिएमा तालिमे, करार, दैनिक ज्यालादारी र आउटसोर्सिङका श्रमिकहरूलाई व्यवस्थापनले काममा लगाउन सक्ने भएको छ ।

अर्कोतर्फ, कुनै श्रमिक तथा कर्मचारीले एक महिनामा न्यूनतम १५ दिनभन्दा कम, जति दिन कार्य गर्ने हो त्यति दिनको खाइपाइ आएको पारिश्रमिकसँगै सहमतिअनुसार तोकिएको मासिक रकमसमेत थप पाउनेछ । तर, नियमित १५ दिनभन्दा माथि काममा लगाइएका कर्मचारीले भने खाइपाइ आएको कार्यदिनको पारिश्रमिक पाएमा सहमतिअनुसार दिने भनिएको थप रकम पाउनेछैनन् । 

 

ad
ad