मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ माघ १२ सोमबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ माघ १२ सोमबार १९:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयरसम्बन्धी अनलाइन वर्कसप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ माघ १२ सोमबार १९:४९:oo

जनवरी २२ देखि उद्यमशील कांग्रेसले सेयर मार्केटसम्बन्धी वर्कसप अनलाइनमार्फत सुरु गरेको छ । पाँचदिने वर्कसपमा नेप्से गाइडका सञ्चालक विक्रम चालिसेले सेयर बजारबारे विस्तृत जानकारी दिइरहेका छन् ।

सेयर मार्केटमा आकर्षित नयाँ लगानीकर्तालाई लक्षित गरी उद्यमशील कांग्रेसले सञ्चालन गरेको वर्कसपमा सयजना सहभागी छन् ।  सेयर बजारमा लगानी गर्दा कसरी गर्ने, लगानीको प्राथमिकता कसरी निर्धारण गर्ने,  सेयर बेचबिखनको प्रक्रिया के हो, सेयर कारोबार कसरी प्रविधिमैत्री बनाउने विषयमा वर्कसप केन्द्रित हुने उद्यमशील कांग्रेसका राष्ट्रिय संयोजक अस्मिन सिटौलाले जानकारी दिए । 

सेयरसम्बन्धी नयाँ लगानीकर्तामा रहेको जिज्ञासा र द्विविधा मेटाउने उद्देश्यले आयोजित वर्कसपको उद्घाटन युवा नेता गगन थापाले गरेका थिए ।